रोयल सहकारीको साधारणसभा सम्पन्न(फोटो फिचरसहित)
काठमाडौं । रोयल बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड बसुन्धरा,काठमाडौको १८औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले सहकारीमार्फत रचनात्मक काम गर्न सक्नुपर्ने बताएका थिए ।
कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोतम दाहालले सहकारी समाजवाद र साम्यवादको संयोजन भएको भन्दै सहकारीले सबैलाई समेट्ने बताएका थिए । सहकारीले गरिबी निवारण गर्न भूमिका खेल्नुपर्ने उनीहरुको भनाई थियो । सहकारीले सदस्यको जीवनस्तर वृद्वि गर्दै उत्पादनशील क्षेत्रमा क्रियाशील हुन आवश्यक भएको उनले बताए ।
कार्यक्रममा बोल्दै प्रबन्ध सचिव सीताराम काफ्लेले सहकारीले उत्पादनशील क्षेत्रमै लगानी गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।