सहकारीमार्फत कृषि र पशुमा लगानी गर्न आग्रह


काठमाडौं । पशुपंछी विकास राज्यमन्त्री नरदेवी पुनले सहकारीमार्फत पशुपालन र कृषिमा लगानी गर्न सहकारीलाई आग्रह गरेकी छिन् । सहकारीमार्फत उत्पादनशील क्षेत्रमा लगानी गर्न नसके अर्थतन्त्र नै उभो लाग्न नसक्ने उनको भनाई थियो । m4
म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि को आठौं वार्षिक साधारणसभामा बोल्दै मन्त्री पुनले सहकारीले रचनात्मक काम गर्न सके पनि योगदानको कदर हुन नसकेको बताए । सहकारीले पशुपालनतर्फ जोड दिन सके दूध र मासुबाट सदस्यले राम्रो आम्दानी लिन सक्ने उनको विश्वास थियो । m3
सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव सुदर्शन ढकालले सहकारी ऐन निर्माणको क्रममा रहेको र ऐनपश्चात सहकारीले गति लिने बतँए ।
सहकारी विभागका उपरजिष्टार नारायण प्रसाद ज्ञवालीले बचत तथा ऋण सहकारीले पनि सदस्यलाई कृषिलगायत अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्न जोड गर्नुपने उनको भनाई थियो । m2
कार्यक्रममा डिभिजन सहकारीका पूर्व अधिकृत तथा उप सचिव रामप्रसाद आचार्य,सल्लाहकार डिल्लीराम तिवारी लगायतले मन्तव्य राखेका थिए । m1
सचिव तथा प्रबन्ध संचालक दीपबहादुर छन्त्यालले सहकारीले कृषि र हाईड्रोपावरमा लगानी गर्न सके देशको अर्थतन्त्र उचाईमा पुग्न सक्ने विश्वास व्यक्त गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस