बहुआयामिक सहकारीको शेयर पूँजी ८० लाख
काठमाडौं, बहुआयामिक कृषि बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी ८० लाख ७५ हजार पुगेको छ ।
संस्थाको सातौं वार्षिक साधारणसभाका अवसरमा संस्थाले ७ करोड ६० लाख ६९ हजार निक्षेप संकलन गरी ६ करोड ६३ लाख ४ सय ९ रुपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थाको कुल नाफा १६ लाख ७७ हजार ८९ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
कार्यक्रममा बोल्दै भूमिसुधार राज्यमन्त्री बिक्रमबहादुर थापाले सहकारीले कृषि क्षेत्रमा लगानी गर्नु अनिवार्य भइसकेको बताए । सहकारीले कृषिमा बढी भन्दा बढी लगानी गर्न सके मात्र कृषिमा आत्मनिर्भर हुन सकिने उनले बताए ।
कार्यक्रममा अध्यक्ष धुर्बराज खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको पहिलो प्राथमिकता कृषिमा नै लगानी गर्ने रहेको बताए ।