स्मृतीको साधारणसभा सम्पन्न


काठमाडौं, स्मृती बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीमार्फत उत्पादन बढाउन क्रियाशील हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै डिभिजन सहकारी कार्यालय बाँकेका प्रमुख ऋषिराम पौडेलले सहकारीमार्फत रचनात्मक काम गर्न सकिने बताए ।
जिल्ला कृषि सहकारी संघका अध्यक्ष खेमप्रशाद सुवेदीले सहकारीले कृषि उत्पादनमा लगानी गर्न आवश्यक भएको बताए । कृषिको उत्पादन बढाउन सके मात्र देश आत्मनिर्भर हुन सकिने उनको भनाई थियो ।
जिल्ला बचत संघका अध्यक्ष बिनोदकुमार शाहले बचत सहकारीले आफ्ना सदस्यलाई कृषिक्षेत्रमा लगानी गर्न उत्प्रेरित गर्नुपर्ने बताए ।
कार्यक्रममा नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदीपप्रकाश ज्ञवालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष यमनारायण रजौरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाले  उत्कृष्ट कर्मचारीकोरुपमा रिसेप्सनिस्ट जीवन शाही र बजार प्रतिनिधि शारदा शाहीलाई सम्मान गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न