विराज साकोसको साधारण सभामा मुटु रोगी राईलाई सहयोग


काठमाडौ, २७ पुस- विराज साकोसको पाँचौं वार्षिक साधारण सभाले मुटु रोगी वसन्त राईलाई आर्थिक सहयोग गरेको छ ।
गत मिति २०७२ साल पुस ११ गते एशियान भिलेज एण्ड फुड ल्याण्डमा सम्पन्न संस्थाको वार्षिक साधारण सभाको अवसरमा संस्थाका सल्लाहकार पुरुषोत्तम दाहालले शेयर सदस्य गजेन्द्र राईको भाई ओखलढुंगा जिल्ला विगुटार ९, सर्सेपु निवासी वसन्त राईको उपचारका लागि उपस्थित महानुभावहरुलाई सहयोग गर्नु अनुरोधमा साधारण सभामा उपस्थित महानुभावहरुबाट रु १६,७८० संकलन भएको थियो ।

biraj

संकलित रकम संस्थाका अध्यक्ष दिनेश कुमार मगरले शेयर सदस्य गजेन्द्र राईलाई प्रदान गर्नु भएको थियो । शहिद गंगलाल हृदय केन्द्रका डाक्टरहरुले वसन्त राईको सफल रुपमा मुटुको शल्यक्रिया गरि मुटुको दुईवटा भल्भ फेरिएको जानकारी दिएका छन । साधारण सभामा प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति माधवराज गौतमले असल बचत कर्ता पुरस्कार लक्ष्मीमाया मगरलाई ,असल ऋणी पुरस्कार ज्यामबहार तामाङलाई र उत्कृट कर्मचारी पुरस्कार सविता श्रेष्ठलाई प्रदान गर्नु भएको थियो । संस्थाका सल्लाहकार पुरुषोत्तम दाहालले विराज सहकारी शिक्षा पुरस्कार शेयर सदस्य धनमाया रानामगरी छोरी सुस्मिता रानामगरलाई प्रदान गर्नु भएको थियो ।

कार्यक्रमा प्रमुख अतिथि गौतमले विराज शब्दको अर्थ माथी प्रकाश पार्दै विराज सकोस र विराज समाजले सामजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्नु भएको थियो । साधारण सभामा साकोसका सल्लहकार दाहालले विराजको स्थापना र विराजले गरेका कार्यहरुको चर्चा गर्नु भएको थियो । जेपी प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहाल ,सकोसका कानूनी सल्लाहकार केशवप्रसाद दाहालले सहकारीका मूल्य र मान्यता सिद्धन्त माथी मनतव्य राख्नु भएको थियो ।

biraj1

साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्ष दिनेश कुमार मगरले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गरिएको थियो भने संस्थाका कानूनी संल्लाहकार केशव प्रसाद दाहालको संयोजकत्वमा पाँच सदस्यीय आचार संहिता मस्यौदा समिति गठन गरेको थियो । सो साधारण सभाले बाँकी अवधिका लागि रिक्त संचालक समितिमा दुई सदस्य र लेखा समितिमा दुई सदस्यको निर्विरोध निर्वाचन गरेको थियो । निर्वाचित हुनेहरुमा संचालक समितिमा जीवनाथ खतिवडा र गजेन्द्र राई तथा लेखा समितिमा सुशिला घिमिरे दाहाल र हिरामणि घिमिरे रहनु भएको छ ।

साधारण सभा प्रबन्ध समितिका संयोजक तथा संस्थाका उपाध्यक्ष रामप्रसाद दाहालले स्वागत मन्तव्य राख्नु भएको भियो भने साधारण सभाको सहजिकरण शेयर सदस्य गान्र्धवराज पौडेलले गर्नु भएको थियो । साधारण सभामा सकोसका सल्लाहकारहरु ,शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक