नेफ्स्कुनको साधारणसभा तयारी
काठमाडौं, मंसिर ५ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को २३ औं साधारणसभाको तयारी शुरु भएको छ । यहीा पुस ४ गते प्रज्ञा भवन कमलादीमा साधारणसभा हुने भएको छ ।
साधारणसभाको तयारीका लागि नेफ्स्कुनका पदाधिकारी तथा कर्मचारी व्यापक तयारीमा जुटेका छन् । साधारणसभाका लागि सदस्य संघ÷संस्थालाई मंसिर २० गते भित्र आधिकारीक प्रतिनिधि र निर्णयको प्रतिलिपि सहित पठाउन नेफ्स्कुनले आह्वान गरेको छ ।
संघसंस्थाबाट मनोनित भएको प्रतिनिधिलाई आधिकारीक पत्र सहित साधारणसभामा सहभागी हुन समेत नेफ्स्कूनले अनुरोध गरेको हो ।