सहकारीलाई उत्पादनशील क्षेत्रमा लाग्न आग्रह


काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री बालकृष्ण खाणले सहकारीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।
रिलायबल बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै पूर्व मन्त्री खाणले सहकारीले पैसाको किनबेच मात्र नभई आर्थिक ब्उत्पादनमा जोड दिनुपर्ने बताए ।
सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न सके मात्र आत्मनिर्भरतातर्फ जान सकिने विश्वास व्यक्त गरे । सहकारीले सदस्यको जीवनस्तर उकास्नतर्फ लगानी आवश्यक भएको उनले बताए ।
केही सहकारीमा विकृति रहेको भन्दै पूर्व मन्त्री खाणले सहकारीका विकृति, विसंगती अन्त्य गर्न आवश्यक भएको बताए ।
केन्द्रीय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष एवम् राष्ट्रिय सहकारी संघका सञ्चालक सुरेन्द्र भण्डारीले सहकारीले विभिन्न उद्देश्य राखेर काम गर्न सके सहकारीमार्फत नै अर्थतन्त्र मजबुट हुने बताए ।
कार्यक्रममा नेशनल कोअपरेटर्स एलाईन्सका सहअध्यक्ष गोविन्द शर्मा पौडेल, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उपे्रती, राष्ट्रिय सहकारी संघका सञ्चालक रबिन्द्र केसी, दक्ष पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान