२७ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी फागुन ४ देखी


काठमाडौं, २९ पुस – घरेलु तथा साना उद्योग विकास समिति त्रिपुरेश्वरको आयोजनामा २०७२ साल फागुन ४ गतेदेखी ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा २७ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रम आयोजना हुने भएको छ ।
लघु, घरेलु तथा साना उद्यमीहरुवाट उत्पादित वस्तुहरुको बजार विस्तार तथा प्रर्वद्धन गर्ने अभिप्रायले प्रर्दशनि आयोजना गर्न लागिएको घरेलु तथा साना उद्योग विकास समितिका निमित्त कार्यकारी निर्देशक निलम ताम्राकारले बताउनुभयो । प्रर्दशनिमा उद्यमीले उत्पादन गरेका सामानहरुलाई बजारीकरण गर्न सजिलो हुनुका साथै त्यस्ता सामानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत बजारीकरण गर्न कोसेढुङगा सावित हुने कार्यकारी निर्देशक ताम्राकारको छ ।

नेपालले औद्योगिक विकासमा गरेका प्रगतिका साथै स्वदेशमा स्थापित उद्योगहरुमा जडित प्रविधि, नेपालमा उत्पादित वस्तु तथा सेवाहरु र नेपालमा विकसित प्रविधिको वारेमा जानकारी दिनुका साथै राम्रा काम गर्ने उद्यमीहरुलाई पुरस्कृत गर्ने उदेश्यका साथ घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय त्रिपुरेश्वरको आयोजनामा २०४२ सालदेखी प्रर्दशनि आयोजना गरीदै आएको समितिका प्रशिक्षण तथा प्रवद्र्धन महाशाखा प्रमुख कामु उपकार्यकारी निर्देशक नारायणमणी लामिछानेले बताउनुभयो । मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको लघु, घरेलु तथा साना उद्योग क्षेत्रले मुलुकको विकासमा महत्वपुर्ण येगदान पुयाउदै आएको छ । लघु, घरेलु तथा साना उद्योगको माध्यमवाट मुलुकमा ठुला उद्योग संञ्चालन गर्न महत्वपुर्ण भुमिका खेल्नुका साथै नेपालीलाई आत्मनिर्भर र स्वावलम्वी वन्नमा ठुलो टेवा पुयाउदै आएको उपकार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।

लघु,घरेलु तथा साना उद्यमीहरुवाट उत्पादित वस्तुहरुको बजार विस्तार तथा प्रर्वद्धन गर्ने अभिप्रायले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनिप्रर्दशनि आयोजना गर्न लागिएको हो । प्रर्दशनिमा उद्यमीले उत्पादन गरेका सामानहरुलाई बजारीकरण गर्न सजिलो हुनुका साथै त्यस्ता सामानको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत बजारीकरण गर्न कोसेढुङगा सावित हुने भएकाले समितिले २०४२ सालदेखी राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार जस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको कार्यकारी निर्देशक निलम ताम्राकारले बताउनुभयो ।

प्रर्दशनिले उद्यमी–उद्यमी विचमा सीपको आदान प्रदानका साथै बजार विस्तार हुने छ । प्रर्दशनिमा ७५ जिल्लाका उद्यमी सहभागि हुने र उद्यमीले तयार पारेका सामानलाई एउटै छातामुनिवाट उपभेक्तालाई सहज रुपमा खरिद गर्न सजिलो हुने अपेक्षा गरीएको समितिका प्रशिक्षण तथा प्रवद्र्धन महाशाखा प्रमुख कामु उपकार्यकारी निर्देशक नारायणमणी लामिछानेले बताउनुभयो ।

घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक ताम्राकारका अनुसार वार्षिक रुपमा मेला आयोजना गरीदै आएको छ । यस्ता मेलावाट लघु, घरेलु तथा साना उद्यमीले उत्पादन गरेका सामानहरुको बजारीकरण हुँदै आएको र उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरिने गरेको छ । उद्यमीले तयार पारेका सामानलाई बजारीकरण गर्न ३ सय भन्दा बढी स्टल रहने छन् ।

प्रर्दशनिको विशेष आर्कषणको रुपमा मौलिक नेपाली हस्तकला र काष्ठकला जन्य उत्पादनहरु, घरेलु तथा साना उद्योग स्थापना परम्परागत तथा आधुनिक उपयुक्त प्रविधि प्रर्दशनी, छाला जुत्ता तथा छालाजन्य वस्तुहरु, बौद्धिक समपति तथा उद्योग व्यवसाय प्रवद्र्धन वारे सम्बन्धित निकाय र उद्यमीहरु विच अन्तरक्रिया लगायतका कार्यक्रम र सामानहरु रहनेछन् ।
यस मेला गत वर्ष ६ देखी १० फागुनसम्म भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस