नवचेतना कृषि सहकारी संस्थाको साधारणसभा


दाङ,  । नवचेतना कृषि सहकारी संस्था लिमिटेड रामपुर दाङको चौथो साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले एम्वेलेन्स सञ्चालन गर्ने, गरिव तथा बिपन्नलाई लक्षीत गरी लघुबित्त कार्यक्रम चलाउने, संस्थाको शेयरपूजी बृद्धि गर्ने, कार्यक्षेत्र बिस्तार गर्ने लगायतका निर्णय गरेको छ ।
संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको सभापतित्व एंव दाङ बचत तथा ऋण सहकारी संस्था घोराहीका अध्यक्ष अञ्जनकुमार पौडेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले संस्थाको बिनियम पारित समेत गरेको छ । साधारणसभाले साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको सहयोगमा सञ्चालित कार्यक्रमको समीक्षा गर्दै उक्त कार्यक्रमलाई थप प्रभावकारी रुपले सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
साधारणसभामा कोषाध्यक्ष बालचन्द्र शर्माले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र सचिव गोपाल खनालले प्रस्तुत गर्नु भएको बार्षिक प्रतिवेदन पारित भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस
चिनारी साकोसको आयोजनामा PALM कार्यशाला