आर्थिक उन्नतीका लागि सहकारी


घोराही, २९ पुस । सहकारी क्षेत्रका अभियन्ताहरुले मुलुकको आर्थिक उन्नतीका लागि देशभर सहकारी सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
दाङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको नवौं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले सहकारी क्षेत्रको सुधारका लागि सरकारले स्पष्ट नीति ल्याउनुपर्ने धारणा व्यक्त गरे । उनीहरुले थुप्रै सहकारीहरु सहकारीको नीति नियम बाहिर भएर सञ्चालन भइरहेकाले उनीहरुलाई व्यवस्थित गर्नुपर्ने बताए । सरकारले सहकारी संस्थाहरुमा अनुदान बढाउनुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक दामोदर अधिकारीले सहकारी क्षेत्रको सुधार नहुँदासम्म मुलुकको अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउनुभयो । उहाँले सहकारीकर्मीहरुलाई सहकारी शिक्षा जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोदकुमार पौडेलले विषयगत संघहरुले आफ्नो क्षेत्रका सबै सहकारीहरुलाई समेट्न सक्नुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष अञ्जनकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्मा, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष कृष्णप्रसाद गौतम, राष्ट्रिय सहकराी बैङ्क दाङका प्रवन्धक नारायाणप्रसाद वेल्वासे र क्रान्तिकारी पत्रकार संघ दाङका सचिव पाण्डव शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संघका उपाध्यक्ष हुमा डिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव रुपबहादुर खत्रीले गर्नुभएको थियो । सो अबसरमा सचिव खत्रीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विमल अधिकारीले आर्थिक प्रतिवेदन र लेखा संयोजक रमाभक्त अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अबसरमा पत्रकारीताको माध्यमबाट योगदान पु¥याएकोभन्दै पत्रकार पाण्डव शर्मालाई सम्मान गरिएको थियो


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक