माउन्ट धौलागिरीको सोह्रौ साधारणसभा सम्पन्न


Mt.Dhaulagiriमाउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सोह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको बनस्थली, ढुंगेधारास्थित आफ्नै भवनमा बुधबारसम्पन्न साधारणसभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी संघ लि.का उपाध्यक्ष एवम् सांसद ओमदेवी मल्लले सदस्यको मन जित्न सकेसंस्था सफल हुने धारणा राख्दै माउण्ट धौलागिरी त्यसैको नमूना भएको बताइन् । मल्ले अहिलेको समयमा सहकारीमैत्री सहकारी ऐन बनाउनु सबैभन्दा चुनौतीपूर्ण कुरा रहेको बताउँदै आफू त्यसका लागि प्रयासरत रहेको दाबी गरिन् । नेकपा माओबादीका नेता देवेन्द्र पौडेलले सहकारी नै आर्थिक विकासको मूख्य आधार भएकोले सहकारी मार्फत नै देशलाई समृद्ध बनाउन सकिनेमा जोड दिए । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले संस्थासँग आफू सुरुवातका दिनदेखि नै नजिक रहेको र संस्थाको प्रगति देख्दा खुसी लागेको बताए । राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेलले सहकारी अभियानले सहकारी क्षेत्रलाई नयाँ प्रविधि र सीपका साथ अघि बढाएर मुलुकको दिगो विकासमा योगदान पुर्‍याउनुपर्ने धारणा राखे । संस्थाका प्रबन्ध सञ्चालक गोविन्द शर्मा पौडेलले संस्थाले आफ्नो भौतिक पूर्वाधार बनाईसकेकोले अब व्यवसाय विस्तार तिर जोड दिने बताए । संस्थाले गत आर्थिक वर्षको अससार मसान्तसम्ममा २ करोड ४२ लाख ४६ हजार २ सय रुपियाँ शेयर पूँजी संकलन गरेको छ भने १८ करोड २९ लाख १० हजार ६ सय ३८ रुपियाँ निक्षेप संकलन गरी १३ करोड ४७ लाख १८ हजार ५ सय ५२ रुपियाँ ऋण लगानी गरेको छ ।WP_20160113_001


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित