सहकारीमार्फत सामुहिक तरकारी खेतीमा


म्याग्दी
यहाँका कृषकले सामुहिक तरकारी खेतीमा जुटेका छन् । उनीहरुले सहकारी संस्था मार्फत सामुहिक खेतीतर्फ अग्रसर भएका हुन् ।
ताकम ३ मा रहेको अन्नपूर्ण व्यवसायीक कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुले करिब १० रोपनी जग्गा भाडामा लिएर सामुहिक आलु खेती शुरु गरेका छन् । गत वर्ष जिल्ला कृषि विकास कार्यालयको सहकारी खेती कार्यक्रम मार्फत सात लाख ५० हजार रुपैया विउ पुजी स्वरुप प्राप्त गरेको अनुदानलाई परिचालन गरि सामुहीक आलु खेती मार्फत आयआर्जनमा अग्रसर भएका छन् ।
सामुहिक आलु र अन्य विभिन्न जातको तरकारी तथा खाद्यान्न बालीको विउ उत्पादन गरेर आयआर्जनको साथसाथै एक अर्कामा अनुभव आदानप्रदान गरि ताकमलाई तरकारीमा नमुना गाउँको रुपमा स्थापित गराउने अभियानमा जुटेको संस्थाका सदस्य गोपाल आचार्यले बताए ।
पछिल्लो याममा ५६ जना सेयर सदस्यले श्रमदान गरेर लगाएको आलु खेतीबाट संस्थालाई ७५ हजार रुपैया आम्दानी भएको छ । अघिल्लो याममा ९ मुरी आलु उत्पादन भएकोमा यसपाली २५ मुरी उत्पादन भएको छ । आलु र तरकारी बेचेर भएको आम्दानी सेयर सदस्यको खातामा आम्दानीको रुपमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न