सहकारी निश्चित व्यक्तिहरुको स्वार्थका लागि होइन–ढकाल


भक्तपुर
गरिवी निवारण मन्त्रालयका सहसचिव सुदर्शन प्रसादले २५ वटा नागरिकताको प्रतिलिपि संलकन गरी १ जना वकील आएर संस्था दर्ता गर्ने र निश्चित व्यक्तिहरुको स्वार्थका लागि संस्था संचालन गर्ने प्रकृत्तिलाई न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।
सिद्धि गणेश वचत तथा ऋण सहकारी सस्थाको २२ औं स्थापना दिवसको अवसरमा बोल्दै ढकालले सहकारीको विकास गरी सदस्यको जन्मदेखि मृत्यु पर्यान्त सेवा दिने व्यवस्था सहकारीले गर्न सक्छ भन्नुहुँदै सहकारीले पर्यटन, विद्युत उद्योग लगायतका क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अतिथि भनपा १५ का जननिर्वाचित वडाध्यक्ष रविन्द्र खर्वुजाले सिद्धि गणेश बचत तथा ऋण सहकारीको सुनौलो र गौरवपूर्ण इतिहास रहेको र योगदान गर्ने संस्थापकहरुलाई धन्यवाद ज्ञापन गर्दै थप प्रगतिका लागि श्भकामना दिनु हुँदै भारतका विदेशी मन्त्री सुस्मा स्वराजले पठाएको ७ बुँदे आदेश संविधानमा समावेश नगरेको झोकमा नाकावन्दी भएकोले राष्ट्रियता र सार्वभौमिकताका लागि केही दुःख सहरे पनि धैर्यता राख्नुपर्छ भन्नुभयो ।

sidhi पुननिर्माणका नाउँमा दातृ देश र निकायहरुले आफ्नो स्वामित्व कायम गर्ने गलत प्रवृत्ति विकास भएको हुँदा सहयोग लिन सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
डिभिजन सहकारी कार्यालयका प्रमुख डेकराज पोखरेलले सिद्धि गणेश कारोवार र मूल्य मान्यता तथा कानुन परिपालना दुवै र असल संस्था हो भन्नुभयो । जिल्ला बचत तथा ऋण सहकारी संस्था भक्तपुरका अध्यक्ष राधेश्याम सुवालले बचत तथा ऋण कारोवार गर्ने संस्था भएर पनि सामाजिक क्षेत्रमा गरेको लगानीको आधारमा सिद्धि गणेश राम्रो संस्था हो भन्नुभयो ।
संस्थाका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजुले एकतावद्ध भएर पुस्तकालय संचालन गर्ने धारण भएका युवा समूहका बीच सिद्धि गणेश स्थापना भएको र कुनै गैर सरकारी संस्थाको सहयोग विना आत्मनिरर्भरताका साथ संस्था अगाडि बढेको जानकारीदिनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले समूहका सदस्यहरुको वित्तीय आवश्यकतामा आधारित भई इमान्दारिता, पारदर्शिता, समझदारीका साथ संस्था अगाडि बढेको धारणा राख्नुभयो ।
संस्थाका अध्यक्ष हरिरत्न गोर्खालीले सभापतिको आसनबाट सामाजिक सेवा समर्पित चोर्चा टोलका साथीहरुले आफ्नो स–सानो वित्तीय आवश्यकता परिर्पूित गर्नका लागि स्थापना भएको र २०२६ सालको सहकारी विकृत्तिलाई सम्झेर इमन्दारितापूर्वक अगाडि बढेकोले संस्था आजको अवस्थामा पुगेको हो भन्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष राजन लाखाजु, सचिव रुद्रनारायण लाखा र कोषाध्यक्ष इश्वरमान दुमरुले पनि बोल्नु भएको थियो । स्थापना दिवसको अवसरमा शिक्षा उपसमितिको आयोजनामा भएको अन्तर संस्था हाजिरी जवाफ प्रतियोगिता, युवा उपसमितिको आयोजनामा भएको अन्तर सदस्यीय टेवल टेनिस प्रतियोगिता, महिला तथा बालबालिका उपसमितिको बाल चित्रकला प्रतियोगिताका विजयी प्रतियोगिहरुलाई प्रमाण पत्र तथा पुरस्कार र सहयोगी व्यक्ति संघ संस्थालाई प्रशंसा पत्र समेत वित्तरण गरिएको उक्त कार्यक्रम पश्चात स्थापना दिवसको अवसरमा संस्थाको कार्यालय, सेवा केन्द्रहरु, चोर्चा गणेश मन्दिर/तालिम हलमा दिपावली समेत गरिएको थियो । स्थापना दिवसमा १२१ जनाले छुट सहित सदस्यता प्राप्त गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित