विश्वज्योती नयाँ भवनमा, सहकारीले अर्थतन्त्र लिड गर्नुपर्नेमा जोड


काठमाडौं । विश्वज्योति बचत तथा ऋण सहकारी संस्थाको कार्यालय जोरपाटीको नयाँ भवनमा सरेको छ । साविक स्थानमा दैनिका कार्य सञ्चालन गर्न कठिनाई भएपछि चोकको नजिक एभरेष्ट बैंकको माथिल्लो तलामा कार्यालय सरेको हो ।
कार्यालयको उद्घाटन गर्दैै वरिष्ठ पत्रकार पुरुषोत्म दाहालले सहकारीले अर्थतन्त्रमा सबल खम्बा बन्नुपर्नेमा जोड दिए । सहकारीले नै अर्थतन्त्र उकास्न सक्ने भन्दै सहकारीले ऋणी र बचतकर्तालाई सन्तुलनमा राखेर कारोबार गर्नुपर्ने बताए ।IMG_7333
कार्यक्रममा बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक कुशश्री न्यौपानेले सहकारी सिद्वान्तअनुसार सञ्चालन हुन नसकेको बताए । सहकारीले आफ्नो सिद्वान्तअनुरुप सञ्चालन गर्न आवश्यक भएको बताए ।
समाजसेवी कोमलप्रशाद लामिछानेले सहकारीले सदस्यकोे हितका लागि काम गर्नुपर्ने बताए ।
संस्थका अध्यक्ष बच्चुराम शर्मा कुइकेलले सहकारीले नयाँ भवनबाट सेवाग्राहीलाई प्रभावकारी सेवा दिन सक्नेमा विश्वास व्यक्त गरे ।
पूर्व अध्यक्ष एव्म संस्थाका व्यवस्थापक गोविन्दप्रसाद काफ्लेले सहकारीले सिर्जनशील कार्य गर्न खोगिरहेको चर्चा गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित