समता माइक्रोफाइनान्स वित्तिय संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न


सिमरा
सिमरास्थित समता माइक्रोफाइनान्स वित्तिय संस्थाको दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको हो । आज वार्षिक साधारणसभाको उदघाटन गर्दै अध्यक्ष डम्मरमणि थेवे लिम्वुले गत आर्थिक वर्ष करीव ४३०० सदस्यहरुलाई करीव ११ करोड लगानी गरेको बताउनुभयो । गत आर्थिक वर्ष संस्थाले झण्डै १२ करोडको कारोवार गरी २२ लाख रुपैया मुनाफा गरेको छ ।
साधारणसभामा प्रवन्ध सञ्चालक डा. मदन घिमिरेले चालु आर्थिक वर्ष ५४०० सदस्यहरुवीच कारोवार गर्ने तीस करोडको कारोवार पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।simara
साधारणसभामा बोल्दै संस्थापक कृष्ण पौडेलले बचत र लघुवित्तमार्फत समुदायको जीवनस्तरमा परिवर्तन ल्याउने परिकल्पनासहित स्थापना भएको संस्थाले भावी दिनहरुमा कृषि उद्यम परिचालन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान दिनुपर्ने बताउनुभयो ।
यसै वर्ष संस्थाले सर्वसाधारणलाई करीव एक करोड रुपैयाको साधारण शेयर जारी गर्ने र कार्यक्षेत्र विस्तार गर्ने सोचसमेत रहेको प्रवन्ध सञ्चालक डा. घिमिरेले बताउनुभयो ।

समता माइक्रोफाइनान्स वित्तिय संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न
सिमरा
सिमरास्थित समता माइक्रोफाइनान्स वित्तिय संस्थाको दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा समताले २०७० बाट कारोवार सुरु गरेको हो । आज वार्षिक साधारणसभाको उदघाटन गर्दै अध्यक्ष डम्मरमणि थेवे लिम्वुले गत आर्थिक वर्ष करीव ४३०० सदस्यहरुलाई करीव ११ करोड लगानी गरेको बताउनुभयो । गत आर्थिक वर्ष संस्थाले झण्डै १२ करोडको कारोवार गरी २२ लाख रुपैया मुनाफा गरेको छ ।
साधारणसभामा प्रवन्ध सञ्चालक डा. मदन घिमिरेले चालु आर्थिक वर्ष ५४०० सदस्यहरुवीच कारोवार गर्ने तीस करोडको कारोवार पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
साधारणसभामा बोल्दै संस्थापक कृष्ण पौडेलले बचत र लघुवित्तमार्फत समुदायको जीवनस्तरमा परिवर्तन ल्याउने परिकल्पनासहित स्थापना भएको संस्थाले भावी दिनहरुमा कृषि उद्यम परिचालन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान दिनुपर्ने बताउनुभयो ।
यसै वर्ष संस्थाले सर्वसाधारणलाई करीव एक करोड रुपैयाको साधारण शेयर जारी गर्ने र कार्यक्षेत्र विस्तार गर्ने सोचसमेत रहेको प्रवन्ध सञ्चालक डा. घिमिरेले बताउनुभयो । कृष्ण पौडेल, सिमराबाट ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान