सहकारीका कर्मचारीलाई प्रशिक्षण


बागलुङ । बागलुङमा क्रियाशिल सहकारी संस्थाका कर्मचारीहरुका लागि २ दिने क्षमता अभिवृद्धि तथा उत्प्रेरणा तालिम तालिम दिइएको छ ।
सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी संस्थाको साख र गरीमा बढाउनका लागि कर्मचारीलाई तालिम दिइएको हो । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि। बागलुङको आयोजनामा “हाम्रो प्रतिवद्धता, सहकारीमा व्यवसायीकता” भन्ने मूल नाराका साथ तालिमको आयोजना गरिएको थियो ।
कर्मचारीहरुलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियूक्त सेवा सञ्चालनका लागि कर्मचारीहरुलाई दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।
तालिमको उद्घाटन गर्दै डिभिजन सहकारी कार्यालय वागलुङका सहकारी अधिकृत विष्णुप्रसाद शर्माले सहकारी संस्थाहरुमा कर्मचारीहरु दक्ष र क्षमतावान नभएसम्म सहकारी व्यवसाय फस्टाउन नसक्ने कुरा बताए ।
तालिममा १८ वटा संस्थाका ३० जनाको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न