कामबिहीन बन्दै साझा सहकारी


काठमाडौं । पुस्तक प्रकाशनको जिम्मा पाएको साझा प्रकाशनका पछिल्लो समयमा कामबिहिन बन्न पुगेको छ । सेवाग्राहीको विश्वास जित्न नसकेपछि साझा प्रकाशन झण्डै कामबिहीन बन्न पुगेको हो ।
खासगरी साहित्यका पुस्तक प्रकाशन गर्दै आएको साझाले करिब एक अर्बको वार्षिक कारोबार गर्ने गरेको भएपनि अहिले १५ करोडमा खुम्चिएको छ । पछिल्लो समयमा वरिष्ठ साहितयकारहले समेत साझाको सेवाप्रति चित्त बुझ्न नसकेको भन्दै निजी प्रकाशनतर्फ लग्न शुरु गरिसकेका छन् ।
यसैबीच साहित्यकारहरुको एक टोलीले साझाका पुस्तकलाई स्थानीय निकायबाट खरिद गर्न उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको ध्यान आकृष्ट गरेका छन्। प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, पूर्व शिक्षामन्त्री प्रदीप नेपाल, दिनानाथ शर्मा र साहित्यकार डा। कृष्णहरि बराललगायतको समूहले सिंहदरबारस्थित उनकै कार्यकक्षमा आज भेटेर ध्यानाकर्षण गराएको हो । पत्र बुझेपछि उपप्रधानमन्त्री थापाले साझाका प्रकाशनलाई स्थानीय निकायबाट खरिदको वातावरण मिलाउन सम्बन्धित निकायलाई आजै निर्देशन दिने प्रतिवद्धता व्यक्त गरे । महाप्रबन्धक शर्माले साझाका खरिदको व्यवस्था हुनसके पठन संस्कृतिको प्रबद्र्धन हुने र संस्थाको आम्दानीमा वृद्धि हुने तथ्य अवगत गराए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न