सहकारीबाट गरिबी हटाउन सकिन्छ–रजौरे


यमनारायण रजौरै सहकारी क्षेत्रका नयाँ अनुहार हुन् । सहकारी क्षेत्रमा केही गर्ने कौतुलताले अध्यापन पेशामा रमाउँदै आएका उनी विगत केही वर्षयता सहकारी क्षेत्रमा होमिएका छन् । सहकारीमा करिब एक वर्षअघि मात्र जोडिएका रजौरे सहकारीबाट गरिबी निवारण गर्न सकिनेमा विस्वस्त छन् ।
स्मृती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका रजौरले सहकारीले आफ्नो सिद्वान्तअुरुप चल्न सक्नुपर्नेमा जोड दिन्छन् । सहकारीले गरिबी निवारणमा भूमिका खेल्न आवश्यक भएको उनको भनाई छ ।
रजौरे पेशाले शिक्षक हुन् । शिक्षण पेशामा लामो अनुभव हाशिल गरेका रजौरले पछिल्लो समयमा सहकारीमा रमाउन थालेका छन् । सहकारीले देशको आर्थिक उन्नती गर्न सकिनेमा उनी विस्वस्त छन् । सहकारीले गरिबी निवारण गर्नुका साथै रोजगारी पनि सिर्जना गर्न सकिने उनको विश्वास छ ।
शिक्षण क्षेत्रमा क्रियाशील भएका रजौरे सहकारी क्षेत्रमा केही गर्ने चाहना बढ्दै गएको अनुभव सुनाउँछन् । ‘म सहकारी बुझ्दै छु उनले भने–‘सहकारीबाट रचनात्मक काम गर्न मन छ । ’
संस्था नयाँ भएपनि सदस्यको हितका लागि रचनात्मक काम शुरु गरेको उनले बताए । सदस्यको जीवनस्तर उकास्नका लागि सहकारीले लगानी गर्ने गरेको छ उनले भने ।
विकासको लहर गाउँबाट शुरुवाट गर्नुपर्ने र त्यसको लिड सहकारीले नै गर्न सक्ने उनले बताए । सहकारीले गाउँगाउँको बिकास गर्न सक्नुपर्ने उनले बताए ।
सहकारीले गर्ने काम धेरै भएको उनले सुनाए । सहकारी संस्था मिनी बैंक नै हुन् । आफना सदस्यको हितका लागि जहिलेपनि लाग्नुपर्ने उनी तर्क गर्छन् ।
गरिबीको रेखामुनी रहेका व्यक्तिको जीवनस्तर उकास्नका लागि सहकारी नै महत्वपूर्ण माध्यम भएकाले सबै सहकारीले त्यसरी नै आफ्ना कार्यक्रम लैजानुपर्ने उनले सुझाव दिए ।
जिल्ला सहकारी संघ, जिल्ला बचत संघमा आबद्वताका लागि फाइल अगाडि बढाएको जानकारी दिदै रजौरे भन्छन्–‘आगामी दिनमा त्यस्ता निकायमा जान सकिने संभावना प्रशस्त रहन्छ ।’ काम गर्दै जादाँ संघमा संलग्नता रहन सक्नेमा विश्वस्त छन्
मानिसको जीवनमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने भएपनि सहकारीको तालिम लिन भने अनुकुल नमिलेको उनले सुनाए । ‘म तालिम लिन इच्छुक छु तर अवसर जुरेको छैन्’ उनले भने । सहकारीको तालिम पाएपछि सहकारी अझ राम्रोसँग हाँक्न सक्नेमा उनी विश्वस्त छन् ।
विभिन्न सामाजिक संस्थामा क्रियाशील रहेका कारण सहकारी सञ्चालन गर्न सघाउ पुगेको उनले सुनाए । उनी नेपाल रेडक्रसको आजिवन सदस्य हुन् ।
स्मृती सहकारीले हाल पौने तीन करोडको कारोबार गर्दै आएको छ । संस्थामा १ हजार २ सय सदस्य छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक