कृषि विकास बैंकले कृषिमा थप लगानी गर्ने


 

काठमाडौँ, ७ माघ । कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानी बढाउने भएको छ । कृषि क्षेत्रको विकासका लागि व्यवसायीकरण तथा यान्त्रीकीकरणमा लगानी बढाउने भएको हो ।
बैंकले भूकम्प प्रभावित १४ जिल्लामा कृषिको व्यवसायिकरण र यान्त्रिकीकरण गर्न विशेष लगानी गर्ने योजना बनाएको छ । ती जिल्लामा कति लगानी गर्ने भन्ने आन्तरीक कार्यविधि बनाउन लागिएको बताइएको छ । बैंकको अधिकृत पुँजी रु १३ अर्ब र जारी पुँजी रु ९ अर्ब ८६ करोड ०८ लाख रहेको छ । बैंकको ४९आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा हालसम्म रु ६ खर्ब १७ अर्ब ३८ करोड ५४ लाख लगानी भएको जानकारी दिइयो ।

विसं २०२४ माघ ७ गते स्थापना भएको सो बैंक २०६२ साल असार १३ गते कम्पनीमा रुपान्तरण भएको थियो । दुईलाख साधारण सेयरधनी रहेको बैंकको ग्राहक सङ्ख्या करिब १० लाख पुगेको छ । विनासकारी भूकम्प तथा जारी मधेस आन्दोलनका कारण आफ्नो कारोबारमा लक्ष्य अनुसार प्रगतिमा चुनौती रहेको र्बैंकले जनाएको छ । आम्दानीको बढी हिस्सा कर्जाको ब्याज हुनु, गैरकोषमा आधारित आम्दानी कम हुनु, निस्क्रिय कर्जा बढ्दै जानु, लागत निरन्तर वृद्धि हँुदै जानु बैंकको आन्तरिक चुनौती हुन् ।

गतवर्ष ७ प्रतिशत बोनस सेयर वितरण गरेको कम्पनीले आफ्ना सेयरधनीलाई यस आवमा समेत सक्दो बढी प्रतिफल दिने जनाएको छ । यसका लागि बंैकले बाह्य लेखा परीक्षण कार्य अन्तिमचरणमा पुगेको जानकारी दिएको छ । बैंकले आफ्नो पाँचवर्षे व्यावसायिक योजनाअन्तर्गत विशेष राहत कार्यक्रम, व्यावसायिक कृषि कार्यक्रम, न्युन लागतको निक्षेप परिचालन, सञ्चालन खर्चमा न्यूनीकरण, बैंक सेवाको विस्तार जस्ता क्षेत्रमा प्राथमिकता दिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कृषिको व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने सरकारको नीति रहेको हुँदा यस क्षेत्रमा लगानी वृद्धि गर्न बैंकलाई आग्रह गरे । । यनले भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्रलाई नकारात्मक दिशामा जान नदिन सरकार सचेत रहेको बताउँदै यसका लागि बैंकले पनि थप वित्तीय सुशासन कायम गर्न जोड दिए ।

परम्परागत कार्यशैलीले आधुनिक र प्रतिस्पर्धी रुपमा बैंक उत्रिन नसक्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बताए । “सेवाग्राही र सूचना प्रविधि मैत्री कृषि विकास बंैक बनाउन आवश्यक भएको बताए बैंकको वित्तीय प्रगतिमा नै बैंकमा कार्यरत कर्मचारीको हित हुने उनको भनाइ थियो । कृषि विकास बैंकले कृषिमा थप लगानी गर्ने

काठमाडौँ, ७ माघ । कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानी बढाउने भएको छ । कृषि क्षेत्रको विकासका लागि व्यवसायीकरण तथा यान्त्रीकीकरणमा लगानी बढाउने भएको हो ।
बैंकले भूकम्प प्रभावित १४ जिल्लामा कृषिको व्यवसायिकरण र यान्त्रिकीकरण गर्न विशेष लगानी गर्ने योजना बनाएको छ । ती जिल्लामा कति लगानी गर्ने भन्ने आन्तरीक कार्यविधि बनाउन लागिएको बताइएको छ । बैंकको अधिकृत पुँजी रु १३ अर्ब र जारी पुँजी रु ९ अर्ब ८६ करोड ०८ लाख रहेको छ । बैंकको ४९आँै वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा हालसम्म रु ६ खर्ब १७ अर्ब ३८ करोड ५४ लाख लगानी भएको जानकारी दिइयो ।

विसं २०२४ माघ ७ गते स्थापना भएको सो बैंक २०६२ साल असार १३ गते कम्पनीमा रुपान्तरण भएको थियो । दुईलाख साधारण सेयरधनी रहेको बैंकको ग्राहक सङ्ख्या करिब १० लाख पुगेको छ । विनासकारी भूकम्प तथा जारी मधेस आन्दोलनका कारण आफ्नो कारोबारमा लक्ष्य अनुसार प्रगतिमा चुनौती रहेको र्बैंकले जनाएको छ । आम्दानीको बढी हिस्सा कर्जाको ब्याज हुनु, गैरकोषमा आधारित आम्दानी कम हुनु, निस्क्रिय कर्जा बढ्दै जानु, लागत निरन्तर वृद्धि हँुदै जानु बैंकको आन्तरिक चुनौती हुन् ।

गतवर्ष ७ प्रतिशत बोनस सेयर वितरण गरेको कम्पनीले आफ्ना सेयरधनीलाई यस आवमा समेत सक्दो बढी प्रतिफल दिने जनाएको छ । यसका लागि बंैकले बाह्य लेखा परीक्षण कार्य अन्तिमचरणमा पुगेको जानकारी दिएको छ । बैंकले आफ्नो पाँचवर्षे व्यावसायिक योजनाअन्तर्गत विशेष राहत कार्यक्रम, व्यावसायिक कृषि कार्यक्रम, न्युन लागतको निक्षेप परिचालन, सञ्चालन खर्चमा न्यूनीकरण, बैंक सेवाको विस्तार जस्ता क्षेत्रमा प्राथमिकता दिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कृषिको व्यवसायीकरण र यान्त्रिकीकरण गर्ने सरकारको नीति रहेको हुँदा यस क्षेत्रमा लगानी वृद्धि गर्न बैंकलाई आग्रह गरे । । यनले भूकम्प र नाकाबन्दीका कारण अर्थतन्त्रलाई नकारात्मक दिशामा जान नदिन सरकार सचेत रहेको बताउँदै यसका लागि बैंकले पनि थप वित्तीय सुशासन कायम गर्न जोड दिए ।

परम्परागत कार्यशैलीले आधुनिक र प्रतिस्पर्धी रुपमा बैंक उत्रिन नसक्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले बताए । “सेवाग्राही र सूचना प्रविधि मैत्री कृषि विकास बंैक बनाउन आवश्यक भएको बताए बैंकको वित्तीय प्रगतिमा नै बैंकमा कार्यरत कर्मचारीको हित हुने उनको भनाइ थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक