नयाँ ऐन निर्माणले सहकारीमा हंगमा


काठमाडौं । प्रस्तावित सहकारी ऐन २०७२ ले सहकारीमा उथलपुथल ल्याएको छ । सहकारी ऐनको विरोधमा केही सहकारीका संघहरु वक्तव्य जारी गर्दै हिडको छन् भने केही संघहरु साझा धारणा बनाउन बन्दै भेलाको आयोजना गर्न थालेका छन् ।
सहकारी ऐन २०४९ अपुरो र अधुरो रहेकोमा सबै सहमत छन् । जसले गर्दा नयाँ सहकारी ऐन सबैलाई आवश्यकता बोध भइरहेको विषय हो तर केही कुरा लिएर अभियानले ऐन निर्माणमा अवरोध पु¥याउने संकेत देखा परेको छ ।
प्रस्तावित ऐनमा सहकारी अभियानले सञ्चालक कार्यकारी हुनुपर्ने, कार्यक्षेत्र एक जिल्लामा मात्र खुम्च्याउन नहनुे लगायतमा मा राख्दै आएका छन् । अहिलेको ऐनमा गल्ती गर्ने सहकारीलार्ई १५सय जरिवाना गराए पुग्छ । प्रस्तावित ऐनमा सहकारी भागेमा सञ्चालकको जायजेथाबाट असुल गरिने प्रावधान राख्न थालिएको छ ।
साझा धारणा बनाउनका लागि जिल्ला सहकारी संघ ललितपुर, काठमाडौं र भक्तपुरले नयाँ सहकारी ऐनको बारेमा छलफल गर्ने भएका छन् । नयाँ ऐनका बारेमा तीन जिल्ला संघका सहकारीकर्मीहरु आज छलफल गरी साझा धारणा बनाउन आज दिउँदो भेला हुने भएका छने । नयाँ सहकारी ऐनका राम्रा पक्ष, सहकारीको विकासका लागि अवरोध हुने व्यवस्थाहरु, थप गर्नुपर्ने व्यवस्था, विवादित विषयहरुका बारेमा छलफल गरी साझा साधणा बनाउन लागिएको जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलालले जानकारी दिए । ‘सबै सहकारीकर्मीहरुलाई नयाँ ऐनमा रहेको व्यवस्थाहरु बारे जानकार छैनन् ‘ दुलालले भने, ‘ सोही कारण सबै सहकारीकर्मीहरु बीच छलफल गर्न लागेका हौं ।’ एेनको मस्यौदामा सहकारी अभियानलाइ खुम्चाउने व्यव्स्था रहेको उनले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक