वैदेशिक रोजगारबाट फर्केपछि युवाहरु कृषि पेशामा


म्याग्दी, ८ माघ । वैदेशिक रोजगारबाट फर्केर आएपछि यहाँका युवाहरु कृषि पेशामा लागेका छन् । कृषिमा आत्मनिर्भर हुनेगरी यहाँका कृषकहरु आत्मनिर्भरतर्फ लागेका हुन् ।
म्यादीको बेनी नगरपालिका–१३ बास्कुनाका स्थानीयवासी कृषि र पशुपालनबाट आत्मनिर्भर बन्न थालेका हुन् । रोजगारीका लागि विदेश पुगेर फर्किएका युवा गाउँमै पशुपालन र व्यावसायिक रुपमा तरकारी तथा फलफूलखेतीमा लागेपछि गाउँकै मुहार फेरिएकोमा कृषक हर्षित छन् । विदेशबाट फर्किएर गाउँमै व्यावसायिक रुपमा दुग्ध उत्पादन तथा सुन्तलाखेतीमा लागेका युवाले स्वदेशमा मिहेनत गर्न सकेमा विदेशजत्तिकै यहाँ पनि कमाउन सकिने बताए ।

बास्कुनामा अहिले २० घरधुरीले व्यावसायिक रुपमा सुन्तलाखेतीलाई विस्तार गरेका छन् भने करिब १० घरधुरी भैँसीपालनबाट दुग्ध उत्पादनमा लागेको अगुवा कृषक तिलक गुरुङले बताए । वैदेशिक रोजगारबाट फर्किएर विसं २०५९ मा कृषक गुरुङले सुरु गरेको भैसीपालन र व्यावसायिक तरकारी तथा फलफुलखेतीबाट सुरु गरेको अभियान अहिले गाउँभरी फैलिएको छ । बास्कुनाका कृषकले अहिले अन्नबालीको विकल्पमा खेतबारीमा सुन्तलाखेती विस्तार गरेका छन् ।

१० सुन्तलाको बोट रोप्न तयार भइसकेको बास्कुनामा तीन हजार फल दिने सुन्तलाको बोट छन् । हरेक वर्ष अन्नबाली छाडेर सुन्तलाखेती विस्तार गर्ने कृषकको सङ्ख्या बढेको बास्कुनाका कृषक भिमबहादुर थापाले बताउनुभयो । अहिले हरेक वर्ष बास्कुनामा रु १५ लाखदेखि रु २० लाखसम्मको सुन्तला निर्यात हुने गरेको छ । सदरमुकाम बेनी नजिकै रहेकाले विभिन्न देशबाट फर्किएर कृर्षि र पशुपालनमा लागेका युवा उत्साहित बनेका छन् । गाउँमा मोटरबाटो पुगेपछि उत्पादित कृर्षि उपजको बजारीकरणमा सहज भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक