आयमुलक व्यवसायमा लाग्दै महिला


भीमदत्तनगर, १० माघ । यहाँका महिलाहरुले सीप पाएपछि आयआर्जनमा जुटेका छन् । सात सयभन्दा बढी आर्थिक अवस्था कमजोर भएका महिला आयमूलक व्यवसायमा लागेका छन् ।

महिला तथा बालबालिका कार्यालय कञ्चनपुरले अनुदान दिएपछि जिल्लाका विभिन्न ग्रामीण भेगका सात महिलाको आर्थिक स्थितिमा सुधार ल्याउन सरकारले व्यवसायमा लाग्न अनुदान दिएपछि यहाँका महिला तरकारी खेती, बाख्रा पालन, बङ्गुरपालन, केरा खेतीलगायतका नाफामुखी व्यवसायमा अग्रसरता देखाएका हुन् ।
महिला तथा बालबालिका कार्यालयकी प्रमुख जयन्ती गिरी पछिल्ला दिनमा गृहणी महिलासमेत आवश्यक तालिम लिएर आयमूलक व्यवसायमा लागेपछि उनीहरुको दिनचर्यामा परिर्वतन आएको बताइन् ।

“दिनभरी घरको चुलोचौकोमा समय बिताउने महिला अहिले व्यवसायमा लागेर पुरुषसरह नै आम्दानी गरिरहेका छन्” उनले भनिन् । महिला तथा बालबालिका कार्यालयले उनीहरुलाई व्यवसायमा लाग्न प्रेरित गरिरहेको छ । जिल्लाको कृष्णपुरमा ९० जना महिला तरकारी खेती र बाख्रापालन गरिरहेका छन् भने बेलडाँडी, बेलौरी, पुर्नवास, रैकवार बिचुवा र रामपुर बिलासीपुरका २४० जना महिला अनुदान लिएर बाख्रा पालन गरिरहेका छन् ।

“सुरुवातमा विपन्न परिवारका महिला छनौट गरी प्रतिमहिलालाई रु तीन हजार पाँच सयका दरले अनुदान दियौँ” कार्यालय प्रमुख गिरीले भनिन्। विगत एक वर्षदेखि सो क्षेत्रमा महिलालाई व्यवसायमा लाग्न कार्यालयले अनुदान दिएको बताउँदै उहाँले उनीहरुलाई आवश्यक तालिम तथा प्रशिक्षण दिन पशु सेवा कार्यालयले पनि सहयोग गरिरहेको उनले बताए ।

त्यसैगरी बेदकोट नगरपालिका र भीमदत्त नगरपालिका–६, १२ र १४ नम्बर वडाका २४० महिला तरकारी खेतीमा लागेका छन् । झलारी पिपलाडी, कृष्णपुर र बेलौरी नगरपालिकाका १२४ महिला बङ्गुर पालनमा जुटेका छन् । “कतिपय ठाउँमा पूर्वकम्लहरीलाई पनि व्यवसायमा संलग्न गराएका छौँ” गिरीले भन्नुभयो, “अनुदान रकमले भ्याएसम्म हामी सबै क्षेत्रका महिलालाई समेट्दै लगिरहेका छौँ ।”

पछिल्लो समय बेल्डाँडी नगरपालिकाका २० जना महिलाले केरा खेती समेत सुरु गरेका छन् । मापदण्डअनुसार व्यवसायमा लाग्नेलाई अनुदान रकम उपलब्ध गराउने गरिएको छ । गाउँका महिलालाई पापड, चिप्स, नमकिन बनाउनसमेत कार्यालयले सहयोग गरिरहेको छ । कतिपय ठाउँमा अनुदान लिएर व्यवसाय थालेका महिलाले सहकारी स्थापना गरेर मासिक रुपमा बचतसमेत गरिरहेका छन् । । महिलाका कारण सहकारी समेत फष्टाएको कार्यालय प्रमुख गिरीको भनाइ छ । “व्यवसायमा लागेकालाई बजारको कुनै समस्या छैन,” उयनले भनिन्“खसीदेखि तरकारीसम्म खरिद गर्न व्यापारी गाउँगाउँसम्म पुगिरहेकै छन् ।”


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक