‘अन्तरे खेती’बाट अतिरिक्त आम्दानी
बाबियाचौर ९म्याग्दी०, १० माघ । जिल्लाका एक कृषकले ‘अन्तरे खेती’ प्रविधिबाट अतिरिक्त आम्दानी गर्न सफल भएका छन् ।
बेनी नगरपालीका–१ लामगराका महेन्द्र बोगटीले तरकारी खेतीमा ‘अन्तरे’ विधिको प्रयोग गरेर अतिरिक्त आम्दानी गरेका हुन् । छ वर्षदेखि व्यवसायीक तरकारी खेतीमा संलग्न २९ वर्षीय बोगटीले एउटा जातको तरकारी लगाएको ठाउँको छेउछाउ र बीच भागको खाली ठाउँमा अर्को जातको तरकारी लगाएका हुन् ।
हाल छ रोपनी जग्गामा आलु लगाएको बोगटीले छेउछाउ तथा खाली ठाउँमा मुला र सागको मिश्रित खेति गरेका हुन् । “मिश्रित र अन्तरे खेती गर्दा जग्गा खेर जादैन” बोगटीले भने । बन्दागोभी, काउली, ब्रोकाउलीलगायत बाली लगाएको ठाउँमा धनीया, प्याज, लसुनजस्ता बाली लगाउन सकिन्छ । बोगटीले हाल आफ्नो पुख्र्यौली छ रोपनी र पाँच रोपनी भाडाको जग्गामा तरकारी खेती गरेका छन् ।
मौसमी र बेमौसमी तरकारी खेतीबाट खर्च कटाएर वार्षिक १ लाख ५० हजार बचत गर्न सफल भएका छन् ।
गत वर्ष युवालक्षित तरकारी खेती कार्यक्रमअन्तर्गत जिल्ला कृषि विकास कार्यालयबाट उहाँले ४० हजार रुपैयाँ अनुदान पाएकी थिइन् ।