सहकारी विरोधी ऐन कुनै पनि हालतमा पारित हुन नदिने उद्घोष


मुलुकभरका सहकारीहरुको एकमात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंकले आफ्नो सेवालाई थप प्रभावकारीताका लागि सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरुसंगको सुझाव संकलन अभियानलाई तिब्रता दिएको छ ।

बैंकमा आवद्ध सहकारी संघ संस्थाहरुको संस्थागत विकास तथा संस्थामा आवद्ध सदस्यहरुलाई उत्पादन, प्रशोधन र बजारीकरणतर्फ आकर्षित गरी आयआर्जन वृृद्धि गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
सहकारीमार्फत मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तनका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका कसरी बढाउन सकिन्छ भन्ने विषयमा सदस्य संघ संस्थाका प्रतिनिधिहरुको सुझाव लिनका लागि कार्यक्रम प्रभावकारी बनेको बैंकका सञ्चालक रामबहादुर जिसीले बताए ।
दमौली र पोखरामा आयोजित कार्यक्रमका सहभागीहरुले सहकारी बैंक मार्फत आम सहकारीकर्मीहरुको क्षमता तथा दक्षता अभिवृद्धिका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । वित्तिय क्षेत्रसंगै सहकारी अभियानलाई थप प्रभावकारी बनाउनका लागि देशव्यापी सञ्जाल भएको, सहकारी क्षेत्रको शसक्त संगठनका रुपमा स्थापित सहकारी बैंकको भूमिका प्रभावकारी हुनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के।बी।उप्रेतीले सहकारी मार्फत गरिवी निवारणका लागि राज्यले सही नीति लिन सकेमा त्यसलाई प्रभावकारी बनाउन सहकारी बैंक अग्रमोर्चामा उभिने बताएका थिए ।
सहकारी क्षेत्रको संरचना, वित्तिय अवस्था, सहकारी सचेतना कार्यक्रम लगायत सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी बैंकको भूमिका प्रभावकारी रहेको भन्दै उनले आगामी दिनमा पनि सहकारी मार्फत समाज रुपान्तरणमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।
सहकारी ऐन परिमार्जनको सन्दर्भमा बोल्दै उनले सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारीकर्मीहरुको भावना विपरित सहकारी ऐन ल्याउन लागेको आरोप लगाए । उनले सहकारी विरोधी ऐन कुनै पनि हालतमा पारित हुन नदिने दावी गर्दै सहकारी मैत्री ऐन ल्याउनका लागि देशभरका सहकारीकर्मीहरुको दवाव आवश्यक रहेको बताए ।
पोखरामा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण थापा लगायतले बोलेका थिए । बैंकको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र आगामी कार्ययोजनाका बारेमा बैंकका सहायक प्रवन्धक मोहन कार्कीले जानकारी गराएका थिए ।
कार्यक्रम पोखरा रोयल सहकारीका अध्यक्ष तथा बैंकको पोखरा शाखाका पूर्व संयोजक मेजर तुलसी प्रसाद गुरुङको अध्यक्षता र सहकारी बैंक पोखरा शाखाका प्रमुख केदार उप्रेतीको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैगरी तनहुमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, डिभिजन सहकारी कार्यालयका प्रमुख गोपाल लम्साल, बचत तथा ऋण सहकारी संघका अध्यक्ष देवीबहादुर बस्नेत, कृषि सहकारी सस्थाका अध्यक्ष रामजी लौडारी लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रम जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष पुरुषोत्तम काफ्लेको अध्यक्षता, श्रीप्रसाद भट्टराईको स्वागत र राष्ट्रिय सहकारी बैंक तनहुँ शाखाका प्रमुख विनोद भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न