तनहुँमा चिस्यान केन्द्र स्थापना


तनहुँ, १५ माघ । दुग्ध उत्पादक सहकारी सङ्घले ब्यास नगरपालिका– ३ स्थित रानीगाउँमा रु दुई करोडको लागतमा चिस्यान केन्द्र स्थापना गरेको छ ।

तनहुँ, लम्जुङ र गोरखाका दुग्ध उत्पादक कृषकहरुलाई लक्षित गरी उक्त चिस्यान केन्द्र स्थापना गरिएको हो । सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम् जिल्ला अध्यक्ष अम्बरबहादुर कुवँरले उक्त केन्द्रले चीनवाट रु १५ लाखको लागतमा दूधमा रहेका ब्याक्ट्रेरिया मार्ने, दूध प्रशोधन गर्ने र दूधमा बाक्लोपन देखाउने हुमनाइज नामको मेसिन ल्याउन लागेको जानकारी दिए ।

“लोगोसहितको दूधको प्याकिङ जति सक्दो छिटो ल्याउने तयारी गरेका छौँ” उनले भने । पछिल्लो समय जिल्ला दुग्धजन्य क्षेत्रमा आत्मनिर्भर बन्दै गएको छ । पशु कार्यालयबाट गोठ सुधार कार्यक्रम र अनुदान रकम पाउन थालेपछि पशुपालन व्यवसाय फस्टाउँदै गएको छ । अहिले दुग्धजन्य पदार्थ अन्य जिल्लामा निर्यात गर्दै आएको अध्यक्ष कुँवरले बताए ।

नाकाबन्दी अघि जिल्लामा दैनिक १२ हजारदेखि १३ हजार लिटर दूध उत्पादन भएपनि हाल दूध उत्पादन पाँच हजार लिटरमा झरेको छ । तीन हजार लिटर अन्य जिल्लामा निर्यात हुादै आएको छ । पेट्रोलियम पदार्थको अभावका कारण पराल, दाना, चोकरलगायतका आहार खुवाउन समस्या भएको छ ।

उक्त चिस्यान केन्द्र स्थापनाका लागि व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट रु ४० लाख, राष्ट्रिय योजना आयोगले सहकारी सुदृढीकरण कार्यक्रम अन्तर्गत भवन निर्माणका लागि रु २५ लाख र दुग्ध उत्पादक सङ्घले रु १५ लाख आर्थिक सहयोग गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन