व्यवसाय बिस्तार गर्न सहकारीको दुई करोड लगानी


कञ्चनपुर, १७ माघ ।नवीकरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड झलारी कञ्चनपुरले विपन्न वर्गका लागि पौनो दुई करोड भन्दा लगानी गरेको छ । विपन्न वर्गको आयस्तरमा सुधार गर्नका लागि स्थापना गरिएको रु एक करोड ७९ लाख ६२ हजार ६९८ रकम व्यवसाय विस्तारका लागि लगानी भएको हो ।

एक वर्षको अवधिमै सहकारीमा आबद्ध ७ सय ९ जना सदस्यलाई व्यवसाय विस्तार गर्न ऋणका रुपमा सो रकम उपलब्ध गराएको हो ।सहकारीका अध्यक्ष धनबहादुर चौधरीले व्यावसायिक कृषि कार्य गर्नका लागि सहकारीले रु ६९ लाख २२ हजार ५०० र अन्य व्यवसायका लागि रु ८० लाख ९६ हजार ३७० रकम परिचालन गरिएको बताए ।

व्यवसाय सञ्चालन गर्ने सदस्यलाई रु ५० हजारदेखि एक लाखसम्म ऋणका रुपमा रकम प्रदान गरेका छौँ अध्यक्ष चौधरीले भने “ऋण लिएका सदस्यले व्यावसायिक कृषि, पशुपालन, कुखुरापालन, बङ्गुरपालन, खुद्रापसल सञ्चालन, घुम्ती व्यापारलगायतको कार्यमा ऋण पुँजी लगानी गरेका छन् ।”

“सहकारीबाट ऋण लिएका सदस्यले आयआर्जनका कार्यमा रकम लगानी गरेकाले उनीहरूको आर्थिक अवस्थामा निकै सुधार आएको पाएका छौँ” सहकारीका कोषाध्यक्ष सोभा खुनाले भने ।
सहकारीमा आबद्ध एक हजार ३९५ सदस्यको रु एक करोड ९६ लाख १० हजार ३५७ रहेको छ ।

सहकारीमा आबद्ध विपन्न परिवारका घर निर्माणका लागि रु १५ लाख २५ हजार, शिक्षाका लागि रु सात लाख ७१ हजार ५०० र आपत्कालीन कार्यका लागि रु छ लाख ४८ हजार ३२८ रकम परिचालन गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन