स्वरोजगार ऋण लिन कृषकको आकर्षण


चितवन, १७ माघ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ऋण लिन कृषक आकर्षित भएका छन् । राष्ट्रिय वाणिज्य बैंक गौँडाकोटमा अनुदानसहितको कृषि कर्जा लिने ऋणिको आकर्षण बढेर गएको छ ।

साना किसानले ब्याजमा चार प्रतिशत अनुदान पाउने प्रावधान छ । शाखा प्रवन्धक कुलबहादुर खत्रीले शाखाको अधिकारभित्र रहेको रु १५ लाखसम्मको अनुदानसहितको कर्जामा रु दुई करोड लगानी भएको बताए ।

गएको असोज महिनाबाट सो शीर्षकमा कर्जा दिन थालिएकोमा रु १० लाख देखि १५ लाखसम्म छ जना महिलासहित १५ जनाले कर्जा लिएको उनले बताए । सरकारले चार प्रतिशत अनुदान दिए पछि किसानले पाँच प्रतिशत ब्याज तिरेर ऋण पाउँछन् । कुखुरा, बङ्गुर, गाई भैँसी र माछामा ऋण प्रवाह गरेको प्रबन्धक खत्रीले बताउनुभयो । पाँच वर्षे किस्ताबन्दी र कृषि चालु पुँजी दुई तरिकाबाट किसानले ऋण लिएको उनको भनार्ई थियो ।

ठूलो ऋण माग भएमा माथिल्लो निकायमा पठाइने प्रावधान रहेको छ । हालसम्म त्यस्ता ऋणि भने सम्पर्कमा नआएको उहाँले बताउनुभयो । अनुदानसहितको कृषि कर्जा रु एक करोडसम्मको रहेको छ । यो ऋणमा सेवा शुल्कसमेत लाग्दैन ।

जानकारीको अभाव र बैंकका कर्मचारीको समन्वयको कमीका कारण किसान अनुदानसहितको कर्जा लिनबाट वञ्चित हुँदै आएका छन् । सरकारले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत दिएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न