बैंकमा सहकारीको आकर्षण बढ्दै


राष्ट्रिय सहकारी बैङ्क रौतहटमा सहकारीको आकर्षण बढ्दै गइरहेको छ । २ महीनाको अवधिमा १ सय १९ ओटा सहकारी संस्था आवद्ध भएका छन् ।
जिल्लाभर रहेका करीब ६ सय ९३ सहकारीमध्ये बैङ्कमा १ सय १९ मात्र आबद्ध भएको बताइएको छ ।
सहकारी बैङ्कमा आबद्ध नभएका संस्थालाई आबद्ध गराउने प्रयास जारी रहेको बैङ्कको रौतहट शाखा प्रमुख विष्णुप्रसाद पराजुलीले जानकारी दिए। २ वर्षभित्र जिल्लाका अधिकांश सहकारीलाई बैङ्कमा आबद्ध गराउने योजना रहेको उनले बताए । यो आर्थिक वर्षमा रू। ३ करोड निक्षेप सङ्कलन गर्ने लक्ष्य रहेको शाखा प्रमुख पराजुलीको भनाइ छ ।
बैङ्कले सहकारीलाई पूँजी प्रदान गर्ने, सहकारीको क्षमता अभिवृद्धिका लागि तालीम र गोष्ठीको आयोजना गर्ने र सहकारी शेयर सदस्यलाई अन्तरराष्ट्रिय सहकारी सम्मेलनमा सहभागी गराउनेलगायत कार्य गर्दै आएको छ । बैङ्कले सहकारी सङ्घ÷संस्थालाई कृषि, उद्योग, सेवा, व्यापार, अन्य व्यावसायिक कार्यका लागि पूँजी उपलब्ध गराउने र यसको विकासका लागि सहकारी सङ्घ÷संस्थालाई थोक कर्जा प्रवाह गर्नेजस्ता कार्यसमेत गर्दै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान