काठमाडौं क्षेत्र नंः ७ मा मेरो उम्मेदवारी सिंगो कांग्रेसका लागी होः ओमदेवी मल्ल
काठमाडौं, २१ माघ, नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागी देशभर महाधिवेशन प्रतिनिधि छनौंटको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसैक्रममा नेपाली सहकारी आन्दोलनकी अगुवा तथा कांग्रेस नेत्री ओमदेवी मल्ल पनि काठमाडौं क्षेत्र नंः ७ बाट महाधिवेशन प्रतिनिधिका लागी तयारी गरिरहेकी छिन् । कांग्रेस समानुपातिकबाट व्यवस्थापिका संसदकी संसद समेत रहकी ओमदेवीले काठमाडौं क्षेत्र नंः ७ लाई आफ्नो कर्मक्षेत्र बनाइरहेकी छिन् ।
संसद सुविधाबाट पाउने रकम समेत ओमदेवीले क्षेत्र नंः ७ को विकासकालागी खर्चिदै आएको बताउछिन् । कांग्रेस सरकारमा हुदाँ विकाशका बजेटहरु पनि यहि क्षेत्रमा पार्न मिहेनत गरेकी ओमदेवी काठमाडौं क्षेत्र नंः ७ को विकास गर्नका लागी आफुले यो क्षेत्र रोजेको बताउदै भन्छिन् –‘ काठमाडौं क्षेत्र नंः ७ को विकासका लागी म जस्तो सुकै क्षणमा लागी परेकी छु र निरन्तर लागी रहन्छु ।’
‘यो क्षेत्रमा नेपाली कांग्रेस कमजोर जस्तै देखिएको हुँदा यहाँ कांग्रेसको संगठन विस्तारमा ध्यान दिनुपर्ने जरुरी पनि छ, त्यसको लागी पनि म अहोरात्र खटिनु आवश्यक छ’– भन्छिन् उनी ।
आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नंः ७ मा नेपाली कांग्रेसलाई जिताउने प्रतिबद्धता व्यक्त गर्दै ओमदेवी भन्छिन्– ‘म पार्टीका माथिल्लो तहमा पुगु नपुगु त्यो आफ्नो ठाँउमा छ तर काठमाडौं क्षेत्र नंः ७ को विकास लागी र कांग्रेसको संगठन विस्तारका लागी मेरो खटाइ अहोरात्र हुने छ, जसरी म सहकारीको विकासकालागी लागीरहेकी छु ।’