सहकारी अगुवाहरुको भेलाको तयारी


घोराही, २४ माघ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को आयोजना एवं दाङ बचत तथा ऋण जिल्ला सहकारी संघ लि. को व्यवस्थापनमा सहकारी अगुवाहरुलाई प्रशिक्षणमुलक कार्यक्रम गरिने भएको छ ।
बचत तथा ऋण सहकारी संघ संस्थाका नेतृत्व तहका व्यक्तिहरुलाई तालिम दिइने दाङ बचत तथा ऋण जिल्ला सहकारी संघ लि.का अध्यक्ष अञ्जनकुमार पौडेलले जानकारी दिए । ‘सहकारी संस्थाहरुमा एकरुपता कायम गर्दै लैजाने नेफ्स्कुनको सोच हो’–उनले भने–‘यसले सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने छ ।’ मंगलवार घोराहीमा हुने कार्यक्रममा राप्ती अञ्चलका ७० ओटा सहकारी संघ संस्थाका प्रतिनिधिहरु सहभागी हुने छन् । कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष, उपाध्यक्ष तथा मध्यपश्चिम सञ्चालक सहभागी हुने पौडेलले जानकारी दिए ।
यसैबीच दाङ बचत तथा ऋण सहकारी संघ लि दाङका अध्यक्ष अञ्जनकुमार पौडेलले विज्ञप्ती निकालेर विहान ८ बजे देखि शुरु हुने कार्यक्रममा सहभागीताका लागि सम्पूर्ण बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर