सहकारीकर्मी पर्यटन बोर्डमा नियुक्त


काठमाडौं । दिगो पर्यटन सहकारी संस्थाका उपाध्यक्ष कृष्ण कुमार अर्याल नेपाल पर्यटन बोर्डको सदस्यमा नियुक्त भएका छन् ।
सोमबार बसेको संस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्रालयको मन्त्री स्तरीय बैठकबाट रिक्त रहेको दुई स्थानमा अर्याल र पूर्ण कुँवर पनि नियुक्त गरेको हो ।

काठमाडौँका स्थायी बासिन्दा कृष्णकुमार अर्याललाई मञ्यमाध्चल क्षेत्रको प्रतिनिधित्व गर्दै सिफारिस गरिएको थियो । त्यस्तै पर्वतका कुँवरलाई पश्चिमाञ्चलको प्रतिनिधिको रुपमा नियुक्त गरिएको हो । पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा टानका पूर्व महासचिव हरि धरेल र हानका महासचिव बिनायक शाहको सिफारिसमा अर्याल र कुँवरलाई बोर्ड सदस्यमा नियुक्त भएका हुन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन