एकीकरणपछिको प्रथम साधारणसभा


काठमाडौं, माघ २५ । नेशनल नमोबुद्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकीकरणपछिको पहिलो तथा १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
नेशनल गोर्खा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, नमोबुद्व बहुउद्देश्यीय सहकारी संस्था, सुपर स्टार बचत तथा ऋण सहकारी संस्था, गौतमबुद्व बचत तथा ऋण सहकारी संस्था, गोल्ड क्वाइन बचत तथा ऋण सहकारी संस्था, द्वाल्खाचेली बचत तथा ऋण सहकारी संस्था, कोशिश बचत तथा ऋण सहकारी संस्था एकीकरण भएका थिए । गत असार २५ गते डिभिजन सहकारी कार्यालय काठमाडौंबाट सात वटा सहकारी एकीकरण भई नेशनल नमोबुद्व बचत तथा ऋण सहकारी संस्थाबाट कारोबार शुरु भएको थियो ।
एकीकरण पछिको पहिलो एंव १६ औं साधारण सभामा संस्थाले एकीकरणपछि गुणस्तरीय सेवा दिन सकेको बताइएको थियो । साधारणसभाका अवसरमा आर्थिक वर्ष २०७१÷७२ मा २ करोड १५ लाख ९४ हजार ६ सय रहेकोमा पौस मसान्तसम्म २ करोड २६ लाख ७७ हजार १ सय रुपैयाँ शेयर पूँजी पुगेको बताइएको थियो । त्यस्तै संस्थाले अघिल्लो आवमा २२ करोड २१ लाख ६८ हजार ८ सय ८१ रुपैयाँ निक्षेप संकलन गरेको थियो भने पौस मसान्तसम्म संस्थाको निक्षेप बढेर २७ करोड १४ लाख ८६ हजा। ८७ रुपैयाँ पुगेको बताइएको थियो ।
संस्थाले अघिल्लो आर्थिक वर्षमा २३ करोड ३५ लाख ९९ हजार ९० कर्जा प्रवाह गरेको थियो भने पौस मसान्तसम्म २५ करोड ३८ लाख ८५ हजार ७ सय ८८ रुपैयाँ पुगेको जनाएको छ ।
संस्थाका अध्यक्ष ज्ञानबहादुर तामाङले आगामी पाँच वर्षभित्र सम्पूर्ण शेयर सदस्यहरुलाई समान लगानी बनाउने प्रयास गरिने बताए । ‘एकीकरणपछि संस्था मजबुत भएको महशुस भएको छ’ उनले भने–‘छिट्टै अन्य संस्थासँग पनि मर्जर गर्दछौं ।’ अध्यक्ष तामाङले सदस्यतामा दोहोरोपन देखिएकाले केही समयमै सुद्विकरण अभियान सकिने बताए ।
एकीकरणपछिको प्रथम साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर