६ महिनाको अवधिमा २ लाख ३० हजार खसीबोका आयात
काठमाडौं । नेपाल कुषिप्रधान भनिएपनि कृषिजन्य आयात बढीरहेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र १ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका आयात भएको छ ।
६ महिनाको अवधिमा २ लाख ३० हजार खसीबोका आयात भएको छ तथ्यांकमा उल्लेख छ । खसीबोका आयात भएर१ अर्ब २५ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । कुल जनावर आयातमा खसीबोकाको हिस्सा ९८ प्रतिशत हो । गत आवको सोही अवधिमा २ लाख ६ हजार गोटा अर्थात् ७९ करोड रुपैयाँको खसीबोका आयात भएको थियो ।
नेपाल कृषिप्रधान देश भएपनि अधिकांश कृषिजन्य सामान भारतबाट आयात हुने गर्द५ । ९९ प्रतिशतभन्दा बढी खसीबोका भारतबाट आयात हुने गरेको तथ्यांक छ ।
यो अवधिमा २ लाख ३३ हजार ६६८ गोटा अर्थात् १ अर्ब २७ करोड रुपैयाँबराबरको जनावर आयात भएको छ । गत वर्षको यही अवधिमा २ लाख २७ हजार ८२८ गोटा अर्थात् ८४ करोड २१ लाख ४६ हजार रुपैयाँको जनावर आयात भएको विभागले जनाएको छ । खसीबोका मासुका लागि आयात गरिन्छ ।