पर्यटन बिकासका लागि छिमेकीलाई प्राथमिकता देउ


काठमाडौँ, ५ फागुन । बङ्गलादेशका पर्यटन व्यवसायीले नेपालको पर्यटन प्रवद्र्धनका लागि छिमेकी मुलुकलाई गन्तब्य बनाइनुपर्ने बताएका छन् ।

विश्व पर्यटन बजारमा नेपाली पर्यटनको आकर्षण बढिरहेको सन्दर्भमा अव अन्य विकसित मुलुक नभइ छिमेकी मुलुकलाई नै प्राथमिकता दिनुपर्ने उनीहरुको धारणा छ । बङ्गलादेश फाउन्डेसन अफ टुरिजम डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० राजु इक्युरामले नेपालको प्राकृतिक सौन्दर्यता, सांस्कृतिक विविधताजस्ता विशेषताले पर्यटन बजार विश्व बजारमा सम्भावना रहेको बताउनुभयो ।

“हामी आज पर्यटक भित्र्याउने भनेर युरोप र अमेरिकालाई मात्रै लक्षित गर्छाँै । तर आफ्नै छिमेकी मुलुकलाई हेर्दैनौ, छिमेकी देशबाट उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउन सकिन्छ,”–उहाँले भन्नुभयो ।

विश्वमा हल्ला भएजस्तो भूकम्पले नेपालको पर्यटकीय क्षेत्रमा कुनै असर नपरेको र यहाँको सुन्दरतामा अझै आयाम थपिएको बताउँदै कार्यकारी अधिकृत राजुले पर्यटन प्रवद्र्धनका लागि बङ्गलादेश र नेपालले आपसमा पुलको काम गर्नुपर्नेमा जोड दिनुभयो । बङ्गलादेश मिडिया लिमिटेडका सिइओ सयद इस्तिकी रेजा इकतरले नेपालको पर्यटकीय सम्भावनालाई मध्यनजर गरी प्रवद्र्धनात्मक कार्यका लागि दुई देशबीच समन्वयका साथ काम गर्न जरुरी भएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले नेपालको पर्यटनक्षेत्र पहिलाकै अवस्थामा पुगेको र पर्यटकको पर्खाइमा रहेको जानकारी दिनुभयो । नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० पर्यटनको क्षेत्रीय हब बन्ने दरिलो आधार खडा भएको उहाँको भनाइ छ ।

बङ्गलादेशका पर्यटन व्यवसायी ‘टुर’ अप्रेटर र मिडियासहितको टोलीले केहि दिनअघि नेपालका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गरेको थियो । काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीको अवलोकन भ्रमण गरी उनीहरुले नेपाली पर्यटन निकायसँग अनुभव आदनप्रदान गरेका थिए । सहभागी अन्यले पनि भूकम्पबाट नेपालको पर्यटनको सुन्दरतामा कुनै असर नपरेको बताए ।

आयोजक अभिवादन होलिडेका सिइओ उमेश गुप्ताले नेपालको पर्यटन क्षेत्र पहिलाकै अवस्थामा रहेको र छिमेकी देश मात्र नभई विश्व बजारमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले बङ्गलादेशी टोलीलाई अवलोकन भ्रमण गराइएको जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान