विद्युत महशुस नतिनेको लाइन काट्दै सहकारी



कञ्चनपुर, फागुन ६ । लामो समयदेखि विद्युत महशुस नतिर्ने ग्राहकको लाइन काटिने भएको छ । विद्युत वितरणको जिम्मा पाएको कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–३ मा रहेको सयपत्री ग्रामीण विद्युतीकरण सहकारी संस्थाले लामो समयदेखि विद्युत्को महसुल नतिर्ने ग्राहकको विद्युत् लाइन काटन सुरु गरेको हो ।

सहकारीले पाँच महिनाभन्दा बढी समयदेखि विद्युतको लाइन नबुझाउने उपभोक्ताको सहकारीले लाइन काट्न सुरु गरेको हो । लाइन नकाटी विद्युत वितरण र उपभोगमा समस्या भएका कारण लाइन काट्न थालिएको हो ।

पाँच महिना बढी समयदेखि विद्युत्को महसुल नतिर्ने १७ जना उपभोक्ताको दुई दिनको अवधिमै लाइन काटेको सहकारीका कार्यालय व्यवस्थापक आशिष चौधरीले बताए ।

“अन्य महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गर्दैछौँ”– उनले भने । पुनः लाइन जडानका लागि बक्यौतासहित उपभोक्ताले महसुलसँगै रु ५०० जरिवाना बुझाउनुपर्ने नियम बनाएको छ । बक्यौताबापत सहकारीले कुल महसुलको २५ प्रतिशत रकम लिँदै आएको छ ।

सहकारीमार्फत विद्युत् उपभोग गर्दै आएका ३१२ उपभोक्ता रहेका छन् । सहकारीले नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् खरिद गरी उपभोक्तालाई आपूर्ति गर्दै आएको छ ।

कञ्चनपुरमा विद्युत् आपूर्ति गर्ने सहकारीको सङ्ख्या २२ रहेको छ । सहकारीका लागि विद्युत् आपूर्ति गर्नका लागि डेनमार्क सरकारको सहयोग नियोग डानिडाले पूर्वाधार निर्माण गरेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न