सहकारीबाट नै आर्थिक संमृद्वि–मन्त्री पोखरेल


काठमाडौं, संस्कृति , पर्यटन तथा नागरिक उडडयन मन्त्री आनन्द पोखरेलले सहकारीबाबटै संमृद्वि ल्याउने बताएका छन् ।
काठमाडौको नयाँबजारमा संचालनमा रहेको अभयपुर बचत तथा ऋण सहकारी संस्था लिको छैठौ बार्षिक साधारण सभासंस्थाका अवसरमा बोल्दै मन्त्री पोखरेलले पर्यटन क्षेत्रमा सहकारीले रचनाम्कढंगले काम गर्न सक्ने बताए ।
नेपालमा पर्यटनको संभावना प्रशस्त रहेकाले सहकारी, निजी र सार्बजनिक साझेदारीमा पर्यटनको विकास गर्न सकिने बताए सहकारीलेब पर्यटन क्षेत्रमा खासै ध्यान दिन नसकेकोमा दुखेसो पोखे ।
जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष टेक प्रसाद चौलागाईले मन्तव्य दिने क्रममा अब बन्न लागेको सहकारी ऐनले संकिर्ण विचारबाट प्रेरित रहेकोमा त्यस प्रति सहकारी अभियानको आपती भएको बताए ।
कार्यक्रममा दोलखाबाट काठमाडौ आई युवा पर्यटन उद्यमी बन्न सफल स्व दुर्गालाल श्रेष्ठलाई मरणोपरान्त सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष मेघनाथ न्यौपानेले सहकारीले रचनात्मक काम गर्ने सोच बनाएको बताए ।
संस्थापक अध्यक्ष समाजसेवी आत्माकृष्ण श्रेष्ठ , भीमेश्वर बचत तथा ऋण सहकारी संस्था , दोलखाका अध्यक्ष देबेन्द्र प्रधान , पूर्व महान्याधिबक्ता मुक्ति प्रधानले संस्थाको उन्नति प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
सभाले हेमराज श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति निर्बिरोध गठन गरेको छ । समितिको उपाध्यक्षमा रुपा श्रेष्ठ , सचिबमा शान्त श्रेष्ठ , कोषाध्यक्षमा उपेन्द्र प्रधान संचालकमा कृष्णनारायण श्रेष्ठ , कलावती श्रेष्ठ , भल्ला मास्के , सुनिल श्रेष्ठ र पुकार श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरि लेखा समिति संयोजकमा मित्र प्रसाद शर्मा , सदस्यमा क्रान्त श्रेष्ठ र सचिन प्रधान रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न