धादिङ जिल्ला संघमा नयाँ नेतृत्व


धादिङ । जिल्ला सहकारी संघ धादिङमा नयाँ नेतृत्व चयन भएको छ । संघको माघको अन्तिम साता १६ औं साधारणसभा सम्पन्न भएपनि सबै पदाधिकारी चनय भइसकेका थिएनन । हालै सचिव र कार्यसमिति सदस्य चुनाबबाट चयन गरेपछि संघले नयाँ नेतृत्व पाएको हो । तत्कालिन समयमा सचिव र सदस्यमा सर्वसम्वत बनाउने प्रयास असफल भएपछि अन्य पदाधिकारी टुंगो लगाइएको थियो ।
सचिव पदमा ४ जनाको उमेदवार परेको थियो थियो । चारजना मध्ये सबैभन्दा बढी ४८ मत ल्याई विष्णुप्रसाद कोइराला निर्वाचित भएका हुन् । राजेन्द्र बस्नेत, सीतादेवी खनाल र उमेश दाहाललाई पर्छादैकोइराला विजयी भएका हुन् । त्यस्तै ७ सदस्यीय कार्यसमिति सदस्यमा राजेन्द्र दाहाल, भवानी तिमिल्सेना, युवराज थपलिया, कमलराज कडेँल, राजेन्द्र अधिकारी, भवानी उप्रेती र रामचन्द्र अर्याल विजयी भएका छन् । सदस्य पदमा १२ जनाको उमेदवार परेको थियो । जिल्ला सहकारी संघ धादिङको गत २९ गते सम्पन्न साधारणसभा तथा अधिवेशनले अध्यक्षमा नेत्रराज पौडेल, उपाध्यक्षमा गंगादत्त तिमिल्सेना र गंगा विसुराल र कोषाध्यक्षमा टंकनाथ शर्मा सर्वसम्मत चयन गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न