सूर्यज्योति कृषि सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा


सूर्यज्योति कृषि सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभा तुलसीपुर ११ अश्वारामा सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले पछिल्लो समय स्थापना भएका सहकारीले जनतालाई आत्मनिर्भर बनाउन उत्प्रेरित गरिरहेको बताउँदै सहकारीले नागरिकहरुको आर्थिक जीवनमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो ।

नागरिक बर्दीविनाको प्रहरी भएकाले दुवैमा बीच एकताको खाँचो रहेको औंल्याउँदै विकास निर्माण र आपराधिक घटनालाई राजनीतिसँंग जोड्न नहुने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि गाउँबेसी कृषक सहकारी संस्थाका अध्यक्ष कलीभान रोकाले सहकारीलाई बचत गर्ने र ऋण लगानी गर्ने मात्रै भन्दा पनि उत्पादनमुखी कार्यमा लगानी लगाएर स्वरोजगारका अवसरहरु खोल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट सहकारी संस्थाको आर्थिक, सामाजिक विकासमा अतुलनिय योगदान पु¥याएको भन्दै रेडियो प्रकृतिका समाचार सम्पादक ओपेन्द्र बस्नेतलाई सम्मान गरिएको थियो । त्यसैरी शेयर सदस्यमा पुरुषतर्फ जेष्ठ सदस्य गजवीर रेउले र महिलातर्फ हिराकुमारी डाँगीलाई पनि सम्मान गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन