चुक्ता पूँजी बढाउँदै स्टार सहकारी


काठमाडौं स्टार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चुक्ता पूँजी बढाउँदै लगेको छ । आर्थिक वर्ष २०७२र७३ मा थप सेयर बिक्री गरी संस्थाले चुक्ता पुँजी १० करोड पुर्याउने लक्ष्य राखेको हो ।
संस्थाले वार्षिक साधारणसभाका अवसरमा आवमा कुल कर्जा लगानी रु ५५ करोड पुर्याई मुनाफा ७० लाख आर्जन गर्ने संस्थाको लक्ष्य छ । यो संस्थाको आव २०७१/७२ को अन्त्यसम्म चुक्ता पुँजी ३ करोड ४४ लाख ९१ हजार रहेको छ ।
संस्थाको विभिन्न बचत योजनाअन्तर्गत गत आवमा ४६ करोड ५४ लाख बचत रहेको छ । गत आवमा कर्जा लगानी ३५ करोड ३२ लाख भई सञ्चालन मुनाफा ४२ लाख ४० हजार आर्जन गर्न संस्था सफल भएको छ । संस्थाले हाल कुमारीपाटीस्थित केन्द्रीय कार्यालयका साथै न्युरोड र कालीमाटी गरी दुई सुविधा केन्द्रबाट आफ्ना सदस्यहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले निकट भविष्यमा भक्तपुर र बालाजुमा शाखा विस्तार गर्दैछ । यस अतिरिक्त बचतकर्ता सदस्यहरुको बचत सुरक्षणका लागि कानुन अनुकूल हुने गरी सम्भव भएसम्म बचत बिमाका लागि व्यवस्थापनले पहल गर्ने प्रतिबद्धता संस्थाले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न