सहकारीको सक्रियतामा कृषि संकलन केन्द्र स्थापना


पोखरा, १२ फागुन । कृषि संकलन केन्द्र स्थापना भएपछि स्थानीयवासीलाई राहत मिलेको छ । स्थानीयवासीलाई सहज रुपमा कृषिजन्य सामग्री सङ्कलनमा सहयोग पु¥याउने उद्देश्यले भदौरेतामागी गाविस वडा नं १ देउरालीमा बहुउद्देश्यीय सामुदायिक भवन तथा कृषि सङ्कलन केन्द्र सञ्चालनमा आएपछि कृषकमा खुसी छाएको हो ।

कास्की, पर्वत र स्याङ्जा जिल्लाको सङ्मगस्थल मानिने पञ्चासे क्षेत्रमा पहिलोपटक कृषि सङ्कलन केन्द्रको स्थापना गरिएपछि आसपासका क्षेत्रका स्थानीयवासी लाभान्वित भएका छन् ।
जिल्ला कृषि विकास कार्यालय कास्कीको रु पाँच लाख ६२ हजार, युएससी, क्यानाडा, एसिया÷पिस कार्यक्रमबाट रु दुई लाख ५० हजार र हरियो वन कार्यक्रमबाट रु तीन लाख, हीरालाल गुरुङबाट रु तीन हजार र श्रमदान रु एक लाख गरी कुल रु १२ लाख १५ हजारको लागतमा निर्माण गरिएको भवन निर्माण समितिका संयोजक आशबहादुर गुरुङले जानकारी दिए ।

जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रमेश कोइरालाले एक कार्यक्रमका बीच मङ्गलबार उद्घाटन गर्दै केन्द्र तथा बहुउद्देश्यीय भवन सर्वसाधारण कृषकका लागि बहुउपयोगी हुने विश्वास व्यक्त गरे । उनले कृषिजन्य उत्पादन बढाएर सङ्कलन केन्द्रका भरपुर उपयोग गर्न स्थानीयवासीलाई आग्रह गरे ।

पञ्चासे कृषि विकास समिति, भदौरे १, २ र ३, पञ्चधाम कृषि विकास सहकारी संस्था र माछापुच्छ्र्रे विकास सङ्घले संयुक्तले रुपमा आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले उत्पादित तरकारीको उचित बजार र ढुवानीमा समस्या रहेको गुनासो व्यक्त गरेका थिए ।

भवन निर्माण समितिका संयोजक गुरुङले यस क्षेत्रमा बहुउद्देश्यीय अरु भवन पनि आवश्यक रहेको बताए ।

पञ्चधाम कृषि विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मी गुरुङले छरिएर रहेको पुँजीलाई एकत्रित गरी कृषि क्षेत्रमा लगानी गर्न सहकारी लागिपरेको बताए । सल्यान, भदौरे १, २ र ३ मा उत्पादन गरिएको कृषिजन्य सामग्री सङ्कलनको रुपमा यो भवनलाई उपयोग गरिने छ ।

केही वर्ष पहिलेसम्म पोखराबाट तरकारी किनेर खाने कृषक अहिले आफ्नै गाउँमा विषादीरहित तरकारी उत्न गर्न थालेका छन् । भकारो व्यवस्थापन कार्यक्रमले तरकारी उत्पादनमा समेत वृद्धि भएको कृषक तारा गुरुङले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक