निशुल्क स्वास्थ्य शिबिर


बागलुङ । धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङको आयोजनामा निशुल्क स्वास्थय शिबिर सम्पन्न भएको छ। उक्त सस्थादारा सञ्चालित निलगिरि अस्पताल बागलुङको प्राविधिक सहयोगमा सनराईज आवासीय उच्च माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

विद्यालयको १७ औँ बार्षिकोत्सवको अवसरमा अस्पतालले निशुल्क स्वास्थ्य परिक्षण गराएको हो । निलगिरि अस्पतालका मेडिकल अधिकृत डा सुनिल सिलवालको नेतृत्वमा करिब २ सय ५० जना विद्यार्थीहरुको नाक, कान, घाटीको परिक्षण गरिएको थियो ।

कक्षा १० सम्ममा विद्यार्थीहरुको परिक्षण गर्दा स्वास्थ्यमा धेरै खराबी भएका विद्यार्थीहरुलाई निशुल्क औषधी वितरण गरिने समेत अस्पतालले जानकारी गराएको छ । शिविरमा अस्पतालका अहेव रविन शर्मा, स्टाफ नर्स सिता शेरपुञ्जाली, अनमी यूमाया पुन लगायतका स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरेका थिए ।

विशेषज्ञ सेवा तथा दुर्गम क्षेत्रमा समेत सेवा सुविधा दिदैँ आएको अस्पतालले अहिले विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य परिक्षण गरिएको सञ्जिवनी स्वास्थ्य सहकारीका सचिव रामबहादुर जिसीले बताए । विद्यालयको वार्षिकोत्सवका अवसरमा १ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई चार समुह बनाई चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगिता पुर्व प्रावि तहका विद्यार्थीहरु बिच, १ देखि ३ सम्म, ४ देखि ६ सम्म र ७ देखि १० कक्षा सम्मका विद्यार्थीहरु बिच प्रतियोगिता सम्पन्न गरिएको विद्यालयका प्रिन्सिपल चन्द्र क्षेत्रीले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न