क्षेत्रिय समितिहरूले संयुक्त रूपमा कार्यक्रम


नेशनल को-अपरेटर्स एलाईन्स नेपालको काठमाडौँ जिल्ला भरीका क्षेत्रिय समितिहरूले संयुक्त रूपमा कार्यक्रम आयोजना गरी नेपाली काँग्रेसको काठमाडौँ जिल्ला, क्षेत्र र नगरका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

हिजो काठमाडौँमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधीकारीहरूलाई शुभकामना दिँदै नेपाली काँग्रास कृषि तथा सहकारी विभागका प्रमुख बालकृष्ण खाँडले नेपालमा सहकारीको सुरूवात काँग्रेसले गरेको र यसलाई सामाजिक आर्थिक विकासको संवाहक बनाउने काम पनि काँग्रेसले नै गर्ने बताए । वरिष्ठ पत्रकार एवम् राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले लोकतान्त्रका विभिन्न अवयवहरू हुने र तीनलाई सुदृढ र सक्षम बनाउँदा मात्र लोकतन्त्र मजबुत हुने बताउँदै सहकारी क्षेत्र पनि लोकतन्त्रको महत्वपूर्ण अंग भएको धारणा राखे ।

संविधानसभा सभासद् एवम् राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले काँग्रेस पार्टीले सहकारीसँग निकट रहेर काम गरेमा स्थानीय स्तर देखि केन्द्रसम्म नै पार्टीलाई मजबुत बनाउने वचार राखिन् । नेशनल कोअपरेटर्स एलाईन्स नेपालका केन्द्रीय महसचिव चन्द्र ढकालले नेपाली काँग्रेस पार्टीले एलाईन्ससँग समन्वय गर्न सके स्थानिय स्तरमा जनतासम्म पुग्न, जनताको आवश्यक्ता बुझ्न र तीनलाई सम्बोधन गर्न सहज हुने धारणा राखे ।

जिल्ला पदाधिकारीको तर्फबाट मन्तव्य राख्दै नेपाली काँग्रेस, काठमाडौँ जिल्लाका सचिव राजकुमार नकर्मीले काँग्रेस रहेसम्म लोकतन्त्र रहने भन्दै सहकारी लोकतन्त्रकै अउटा मोडल भएकोले सहकारी रहे मात्र काँग्रेस रहने धारणा राखे । कार्यक्रमका सभापति नेशनल कोअपरेटर्स एलाईन्स नेपाल काठमाडौँ क्षेत्र नं. ७ का संयोजक मनोज भण्डारीले आसन्न काठमाडौँ बचत तथा ऋण सहकारी संघको निर्वाचनमा समन्वय गरी लोकतान्त्रिक पक्षका उम्मेदवारलाई सहयोग गर्न नवनिर्वाचित पदाधिकारीलाई आग्रह गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन