सहकारीबाट आर्थिक क्रान्ती–मन्त्री रायमाझी


सहकारीमा जस्तै उर्जामा पनि समस्या छन्

काठमाडौं, फागुन १४। उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले सहकारीबाट आर्थिक क्रान्ती गर्न आवश्यक भएको बताएका छन् ।
काठमाडौं जिल्ला सहकारी संघको १६ औं साधारणसभाका अवसरमा बोल्दै मन्त्री रायमाझीले सहकारीबाट नै देशको अर्थतन्त्र सबल बन्ने विश्वास व्यक्त गरे । सहकारी बित्तीय क्षेत्रमा मात्र सीमित नभर्ई उत्पादनतर्फ जोड दिन आवश्यक भएको उनको भनाई थियो ।
सहकारीमार्फत कृषि, जलविद्युत, उद्योग, व्यापार व्यवसायमा लगानी गर्न सके मात्र सहकारीबाट आर्थिक क्रान्ती हुने बताए । IMG_0046
हजार माइलको यात्रा गर्न पनि एक माइलबाट यात्रा शुरु हुने भन्दै मन्त्री रायमाझीले सहकारीबाट नै देश विकास हुन सक्ने विश्वास व्यक्त गरे । ‘सहकारीले उत्पादननर्फ ध्यान दिन नसके सहकारीमा संकट देखा पर्न सक्क्छ ।’ उनले भने ।
दिगो, भरपर्दो र राष्ट्रनिर्माणका लागि सहकारी अपरिहार्य भएको उनको भनाई थियो । आर्थिक क्रान्तीको आधारसिला सहकारीलाई बनाउन सहकारी नेतृत्व क्रियाशील भएर उत्पादनशील क्षेत्रमा जोड दिन सक्नुपर्ने उनको भनाई थियो ।
ुसहकारी ऐन २०४८ पुरानो भएकाले नयाँ सहकारी ऐन बनाउन आवश्यक भएको उनले बताए । प्रास्तावित सहकारी ऐन २०७२ सहकारीको हितविपरित रहेको भन्दै समर्थन गर्न गाह्रो र सरकारमै बसीसकेपछि बिरोध गर्न पनि गाह्रो भएको प्रतिक्रिया दिए ।
सहकारीको विकासका लागि नयाँ ढंगबाट ऐन ल्याउन आवश्यक भएको उनको भनाई थियो । सहकारी ऐनका लागि अन्तिम समयमासम्म क्रियाशील भएर लाग्ने उनले बताए । ktm sang
सहकारी क्षेत्रजस्तै उर्जामा पनि समस्या रहेको उनको भनाई थियो । दक्षिण एसियामै विद्युत निर्माणमा अग्रणी स्थान रहेपनि विद्युत उत्पादनको गति बनाउन नसकिएकोमा दुःखेसो व्यक्त गरे । १ सय ५ वर्षमा ३ सय १० मेगावाट मात्र विद्युत उत्पादन हुनु विडम्बनाको कुरो भएको उनले बताए ।
विद्युतमा दुर्त बिकासका लागि मास्टर प्लान बनाएर अघि बढेको उनले बताए । १ सय ७ वटा विद्युत परियोजनाहरु सञ्चालनमा भइरहेको जानकारी दिदै मन्त्री रायमाझीले भने–सबै परियोजनाका समस्या हटिसकेका छन्, दुर्तगतिमा काम हुनेछन् ।’ जतिसक्दो चाडो लोडसेडिङ अन्त्य गर्नका लागि सरकार क्रियाशील भएको उनको भनाई थियो ।
सहकारीलाई विद्युत उत्पादनमा जान सबै वाधा फुकाउन आफू तत्पर भएको उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडाल, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक सञ्चालक केबी उप्रेती, डिभिजन सहकारी कार्यालय काठमाडौं प्रमुख नारायणप्रसाद अर्याल, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष डिल्लीप्रसाद सापकोटालगायतले मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष टेकप्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव खेमप्रसाद सुवेदीले गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक