रुपान्तरणको लागि सहकारी सशक्त माध्याम


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विपन्न, ग्रामिण र पिछडिएका क्षेत्रको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणको लागि सहकारी सशक्त माध्याम भएको बताएकी छिन् । राष्ट्रिय सहकारी बैंकको १२ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै भण्डारीले रोजगारी सृजना गर्ने घरेलु उद्योग, पशुपालन र उत्पादन क्षेत्रमा सहकारीको माध्यामबाट अघि बढाई देशको आर्थिक विकास र सर्वसाधरणको जिवनस्तर माथी उठाउन सकिने बताईन । साधन स्रोतको समुचित परिचलन गर्ने कृषि र वन क्षेत्रको विकास गरी जनताको आर्थिक उन्नती मार्फत परनिर्भरता सकिने उनीकाे भनाई थियाे । ‘वित्तिय पहुँच नपुगेको स्थानमा सहकारी एउटा प्रभावकारी माध्यामकाे रुपमा सहकारी देखिएकाे छ’, उनले भनिन्, ‘सहकारी, बैक तथा वित्तिय संस्था शहरमा मात्र केन्द्रित नभई प्राथमिकताका आधारमा कार्यक्षेत्र बढाउनु पर्छ ।’ सहकारी क्षेत्रको विकासका लागि विद्यमान नीति गत र संस्थागत संरचनाको कार्यान्वयनबाट मात्र समग्र सहकारी सफल हुने उनले बताईन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक