सहकारी आन्दोलनका योद्वा पार्टी आन्दोलनमा भिड्दै


काठमाडौं, फागुन २१ । सहकारी आन्दोलनका योद्वा पार्टी आन्दोलनमा पनि होमिने भएका छन् । नेपालको सहकारी आन्दोलनका अग्रण दीपकप्रकाश बास्कोटा नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
लामो समयदेखि नेपालको सहकारी आन्दोलनको सशक्त भूमिकामा रही काम गर्दै बास्कोटा प्रदेश नम्बर १ बाट पार्टीको राजनीतिमा निर्वाचित हुनका लागि उम्मेदवारी दिएका हुन् । करिब डेढ दशक अवधि राष्ट्रिय सहकारी संघको नेतृत्व गरेका बास्कोटा नेपाली कांग्रेसको १३ औं महाधिवशेनमा भिड्न लागेका हुन् ।
नेपालको संबिधान २०७२को घोषणापछि सम्पन्न हुन लागेको नेपाली कांगे्रसको १३ औ महाधिबेशनमा उनी पार्टीमा थप क्रियाशील भएर लाग्ने अठोट लिएका छन् । संबिधान कार्यान्वयनमा, संबिधानमा उल्लेख गरिए अनुरुप तीनखम्बे अर्थनीतिमा सहकारीलाई सबल खम्बारुपमा स्थापित गर्न उनी दिलोज्यान दिएर लाग्ने जोड दिएका छन् ।
युवावस्थादेखि नै उनी राजनीति तथा समाजिक क्रियाकलापमा सक्रिय थिए । पार्टीले दिएको विभिन्न भूमिका र जिम्मेवारी उनले निर्वाधरुपमा सञ्चालन गरिसकेका छन् ।
नेपालमा सर्बप्रथम वी.पी कोइरालाले २०१६मा सहकारी आन्दोलनलाई कानुनी बैधानिकता प्रदान गरेका थिए । गिरिजाप्रसाद कोइरालाले ३० वर्ष खुिम्चएको सहकारी अभियानलाई प्रजातन्त्रको पुनर्बहालीसँगै बास्कोटालाई सहकारीको पुनस्र्थापना र व्यव्स्थापनको जिम्मेवारी दिएका थिए । बास्कोटा भन्छन्–‘उहांहरु दुवैलाई भावपूर्ण स्मरण गर्दे आम नेपाली समाजलाई सुुुसुचित गर्न चाहन्छु । अब यो सहकारी अभियानले पनि निजी तथा सरकारी क्षेत्रसरह संबैधानिक मान्यता प्राप्त गरेको छ ।’
सहकारी नेपालको अर्थव्यवस्थाको एक अभिन्न अंग बनेको चर्चा गर्दै बास्कोटा भन्छन्–‘यसको सहज कार्यान्वयन,विकास र संरक्षणद्धारा समाजवादी नेपालको भविष्य निर्माणमा गरीबी र बेरोजगारीको अन्त्य सँगै राष्ट्रिय सम्बृद्धि र दीगो शान्तिका लागि योगदान दिन तथा राष्ट्रियताको संबद्र्वन,लोकतन्त्रको संस्थागत बिकास र समाजबादको ब्यावहारिक प्रयोग गर्ने सोचका साथ मैले उम्मेदवारी दिएको हुँ ।’
उनले नेपाली कांग्रेसको केन्द्रीय सदस्य जितेपछि पार्टीले दिएको कुनै पनि जिम्मेवारी सजिलै पूरा गर्ने विश्वास व्यक्त गरे । ‘मेरो नसानसामा सहकारी र पार्टी छ, म पार्टीमा गएपछि पनि सहकारीको प्रबद्र्वनमै ध्यान जाने छ । ’ उनले भने ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न