कृषिलाई ब्यवसायीक बनाउन तालिम आवश्यक


नारायण भण्डारी

दाङ, फागुन २३ । परम्परागत कृषि पेशालाई ब्यवसायीक बनाउन किसानलाई तालिमको ब्यवस्था गर्नुपर्ने आज दाङको उरहरीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । उरहरी सामुदायिक केन्द्रको आयोजनामा सुरु भएको कृषि सम्वन्धी ५ दिने तालिमको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

परम्परागत कृषि गर्दै आएका कृषकमा ब्यवसायीक कृषि सम्वन्धी ज्ञान कम भएकाले उनीहरुका लागि ब्यवसायीक कृषि सम्वन्धी तालिम अनिवार्य हुने बक्ताहरुको भनाइ थियो । प्रसस्तै सम्भावना रहेको कृषि पेशालाई आधुनिकीकरण र ब्यवसायीकरण गर्न नसक्दा यस तर्फको आर्कषण कम भएको उल्लेख गर्दै बक्ताहरुले कृषिको ब्यवसायीकरणका लागि सरकारले कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएका थिए ।
बक्ताहरुले तालिममा सिकेका कुरा ब्यवहारमा लगाए मात्र तालिमको औचित्य हुने बताएका थिए । ९० जना किसानको सहभागीता रहेको तालिमको प्रशिक्षकमा पशु सेवा केन्द्र उरहरीका प्रमुख गरिराज अधिकारी, ओरेक नेपालका लक्षमण दनवार, र तारा रिजाल रहनु भएको छ ।

सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष गोमा वालन क्षेत्रीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा दाङका शिक्षा अकिारी जीत बहादुर शाह प्रमुख र उरहरी गा.वि.स. सचिव विष्णु बहादुर थापा विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा सहभागीलाई सिद्देश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शुष्मा शाहले स्वागत गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक