३ दिने सहकारी एंव विक्तिय व्यवस्थापन तालिम सम्पन्न
काठमाण्डौ उपापको आयोजना र नेपाल कृषि सहकारी केन्द्रीय संघको प्राविधिक सहयोगमा दैलेखका ५ वटा सहकारीका सदस्य, सञ्चालक, कर्मचारी र लेखा समितिका सदस्यहरुलाई ३ दिने लेखा एंव सहकारी व्यवस्थान तालिम दैलेखमा सम्पन्न भएको छ ।
सहकारीको दिगो विकास एंव सदस्यहरुको आर्थिक समृद्धिका लागि आयोजना गरिएको ३ दिने सहकारी व्यवस्थापन तालिममा ५ वटा संस्थाका २५ जना सञ्चालक एंव सदस्यहरुको सहभागिता रहेको थियो ।
सहकारी व्यवस्थापन, शुसान, प्रस्तुती, मुल्य सिद्धान्त लगाएतका विषयमा नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रवन्धक रुद्र भट्राई, नेपाल कृषि सहकारी केन्द्रीय संघकी वरिष्ट कार्यक्रम प्रवन्धक मिना पोख्रेल र एफ. ए. ओ. रोमकी मारिया ग्राजियाले सहजिकरण गर्नुभएको थियो ।
यस्तै सहकारीको आर्थिक सुधारका लागि र विक्तिय व्यवस्थापनमा चुस्त दुरुस्त वनाउन सहयोग पु¥याउने उद्धेश्यले आयोजना गरिएको ३ दिने विक्तिय व्यवस्थापन तालिममा ५ वटा संस्थाका २५ जना कर्मचारी र लेखा समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिममा उपापका अनुगमन तथा मूल्याकन अफिसर वसन्त अर्याल, नेपाल कृषि सहकारी केन्द्रीय संघका सह कार्यक्रम संयोजक त्रिजन सिंह एंव जापानीज तोसि आकी ओनोले सहजिकरण गर्नुभएको थियो ।