शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध, सर्वसाधारणको जीवनस्तर उकासिदै


म्याग्दी । जिल्लाको दुर्गम मुदी र पाखापानी गाविसका सबै घरधुरी सहकारीमा आवद्ध भएका छन् । महिलाको अगुवाईमा सबै घरधुरीलाई सहकारीमा आवद्ध गराइएको हो ।
सहकारीमा आवद्ध भएपछि स्थानीय बासिन्दालाई आर्थिक कारोबार गर्न सुबिधा पुग्नुका साथै व्यक्तिबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने समस्यामा कमी आएको स्थानीयबासीले बताएका छन् । मुदीका ५७८ घरधुरी नमुना धौलागिरी र पाखापानीका ५०४ घरधुरी रघुगङ्गा महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा आवद्ध भएका हुन् । दुबै गाविसलाई स्थानीय सहकारी संस्था, सहमति र महिला तथा बालबालिका कार्यालयको सहयोगमा शतप्रतिशत घरधुरी सहकारीमाआवद्धता भएको घोषणा गरिएको थियो ।
सहकारीले बचत, सामूहिक जमानीमा बिनाधितो अधिकतम ५० हजारसम्म कर्जा प्रवाहका साथै विदेशबाट आफन्तले पठाएको विप्रेषण भुक्तानीसम्बन्धि सुविधा दिने गरेका छन् । बैंकको पहुँच नपुगेको दुर्गम वस्तीका विपन्नलाई रु आठदश हजार आवश्यक पर्दा साहुकहाँ चर्को ब्याज तिरेर ऋण लिनुपर्ने बाध्यता हटेको मुदीस्थित नमुना धौलागिरि महिला विकास सहकारी संस्थाका अध्यक्ष सरदेवी घर्तीले बताउनुभयो । यसअघि कुइनेमङ्गले, चिमखोला, पाखापानी, पात्लेखेत, झिँ, दग्नाम, कुहुँ, दानालगायत १२ गाविसलाई पनि शतप्रतिशत घरधुरी सहकारीमा आवद्धता गाविस घोषणा गरिएको थियो ।

म्यानपावर अनिश्चितकालीन बन्द
काठमाडौ, फागुन २१ । अनिश्चितकालीन म्यानपावर बन्द भएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अगुवाईमा सम्पूर्ण म्यानपावर बन्द भएका हुन् ।
संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी त्रासको वातावरण भएको भन्दै सरकारसँग निर्णयक वार्ता गर्नका लागि अनिश्चितकालीन बन्द गरिएको जनाएको छ । फागुन २३ गतेदेखि पूर्व स्वीकृति र अन्तिम स्वीकृतिका कुनै पनि काम नगर्ने घोषणा गरेका हुन् ।
व्यवसायलाई मर्यादित, व्यवस्थित, गराउने गरी कोही कसैले गैर काननुनी काम गरेको छ भन अधिकार प्राप्त निकायले मात्र छानबिन गरी कारवाही गर्नुपर्ने संघले माग गरेको छ । पत्रकार सम्मेलनमा सम्पूूर्ण व्यवसाय निर्भकतापूर्वक काम गर्न सक्ने अवस्था नभएकाले वाध्यात्मक अवस्था सिर्जना भएको भन्दै बन्दको घोषणा गरिएको बताइएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपभल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमलप्रसाद ढकालले गैरकानुनीरुपमा आफ्ना व्यवसायी प्रहरीले थुनामा राखेकोमा दुःख व्यक्त गरे ।
गल्ती गरेको भए वेदेशिक रोजगार विभागले नै कारवाही गर्नुपर्ने उनको तर्क थियो । सरकारले हचुवाको भरमा फ्रि भिसा, फ्रि टिकटको व्यवस्था गरेका कारण वैदेशिक रोजगार व्यवसाय अस्तव्यस्त भएको उनले बताए ।
प्रथम उपाध्यक्ष कुुमोद खनालले सरकारको अदुरदर्शिताका कारण वैदेशिक रोजगारमा समस्या बढेको बताए ।
दृतीय उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले थुनामा रहेका ५ जना व्यवसायी छुटाउने पहल भइरहेको बताए । वैदेशिक रोजगारको लाईसेन्स झुण्डयाएर अरु नै गलत काम गरेको छ भने संघले प्रोटेक्स नगर्ने उनले बताए ।
उनले वैदेशिक रोजगार व्यवसायी मर्यादित र व्यवस्थित हुन खोजेको उनले बताए ।
संघका कार्यबाहक महासचिव राजेन्द्र भण्डारीले सरकारले निर्णयक वार्ता गरे केही दिनमै म्यानपावर खुल्ने बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर