आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण


मोरङ फागुन २५। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले नेपालको आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरसमेत रहेका खतिवडाले सहकारीले निजी क्षेत्रमा आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै देशको अर्थतन्त्रमा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने उनको भनाई थियो ।

जिल्ला सहकारी सङ्घ मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा उपाध्यक्ष खतिवडाले सरकारी, सहकारी र निजी क्षेत्र एक अर्काका परिपूरक भएको बताए। सहकारीले सामाजिक रुपान्तरणको महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारीलाई बाहकको रुपमा प्रवद्र्धन गर्नुपर्ने उनको धारणा थियो ।

त्यसैगरी राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीले अरु सबै काम गर्न सक्ने तर मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने काम गर्न नहुने बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन