जुम्लालाई स्याउ पकेट क्षेत्र बनाइने
जुम्ला, फागुन २५। कृषिमन्त्री हरिबोल गजुरेल सडकमार्ग हुँदै जुम्ला पुगेर मेशिनको उद्घाटन गरेका छन् ।
कर्णालीका विभिन्न जिल्लाका कृषि सम्भाव्यता अध्ययन, समस्याको समाधानको योजना बनाउन जुम्ला पुगेका मन्त्रीले कर्णलाीको भोकमरी हटाउन कुै कसर बाँकी नराख्ने बतँए । उनले अहिलेको समयमा पनि भोकमरीको समस्या आउनु जटिल भएकाले भन्दै दिगो समाधान गर्न सरकारले उपयुक्त कदम चाल्ने जानकारी दिए ।
कृषिमन्त्री गजुरेलले जिल्लामा भित्रिएको स्याउ ग्रेडिङ मेसिनको एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन् । कृषि मन्त्रालय र जिल्ला कृषि विकास कार्यालयको ६८ लाख रुवैयाँको लागतमा मेशिन जिल्लामा भित्रिएको हो ।
छ वर्ष अगाडि भित्रिएको सो मेसिन बत्ती अभावका कारण थन्किएर रहेको थियो ।
ग्रेडिङ मेसिन उद्घाटन गर्दै मन्त्री गजुरेलले जुम्लालाई राष्ट्रियस्तरको स्याउको पकेटक्षेत्रको रुपमा विस्तार गर्न सकिने बताए । । उनले आव २०७३÷७४ लाई बिरुवा उत्पादन वर्ष तथा आव २०७४÷७५ लाई बिरुवा रोप्ने वर्षका रुपमा मनाउने सरकारले नीति ल्याएको जानकारी दिए ।
जिल्लाको तीन हजार १८२ हेक्टर स्याउ खेतीयोग्य जमिन मध्ये करिब ८०० हेक्टरमा मात्रै स्याउ फेलेको वरिष्ठ कृषि विकास अधिकृत विष्णुबहादुर महतले जानकारी दिए ।